कुमोद अधिकारी
१८ साउन, विराटनगर। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसले आफनो विचार र सिदान्तलाई विर्सन नहुने वताउनु भएको छ ।
गुरास पुस्तकालयले विराटनगरमा आज आयोजना गरेको मुक्तिप्रसाद– यदुनाथ चापागाई सम्मान कार्यक्रमा उहाले कांग्रेसले आफनोे सैदान्तिक धरातल विर्सदै जाने हो भने प्रजातन्त्र धरापमा पर्ने वताउनुभयो ।
व्याप्त भ्रष्टाचार, दण्डहिनताका कारण लोकतन्त्रिक व्यवस्था कमजोड वन्दै गएको चर्चागदै लामो सघर्षपछि प्राप्त उपलव्धिको रक्षागर्न मुलुकमा सुशासन आवश्यक रहेकोमा उहाले जोड दिनुभयो । नेता कोइरालाले मुलुकमा सुशासन कायमगर्न दलका नेताहरुमा राजनितिक इमान्दारिता जरुरी रहेको वताउनुभयो ।
हामिले प्रेस स्वतन्त्रता मानव अधिकारको रक्षाका लागि लामो सघर्ष गरेकाले प्रेस स्वतन्त्रता र मानव अधिकार विरुद्धका कुनेपनि गतिविधि स्वईकार्य नहुने उहाको भनाई थियो ।
उहाले नेपाली कांग्रेस र नेकपा एमालेको सयुक्त सरकारप्रति नेपाली जनताको ठुलो आशा र भरोसा रहेकाले यो सरकार ठिक ढंगले अघि वढोस भन्ने आफनो चाहना रहेको वताउनुभयो ।

यो सरकार परिवतर््न गर्नुपर्छ भन्ने पंक्षमा आफु नरहेको प्रष्टपार्दै सरकारले पारदर्सी र जावाफदेहि भएर काम गर्नुपर्नेमा उहाले जोड दिनुभयो । मुलुकको समसामयिक अवस्था वुझन र समस्याको समाधानगर्न पनि दलको शिर्ष नेताहरु विच छलफल र सम्वाद आवश्यक रहेको उहाको भनाई थियो ।
उहाले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि यदुनाथ चापागाईले खेल्नु भएको भुमिका महत्वपुण रहेको उल्लेखगर्दै उहाको योगदानलाई विर्सन नहुने वताउनुभयो ।
सो अवसरमा राजनितिक क्षेत्रवाट पुर्वमन्त्री हरि सापकोटा, सामाजिक क्षेत्रवाट मोहमद्ध अन्सारी तथा डा प्रमिला गच्छदारलाई सम्मान गरिएको थियो ।
पुस्ताकालयका अध्यक्ष रन्जितप्रकास वुढाथौकी, पुर्व अध्यक्ष दिपक चापागाई तथा साहित्यकार दिनेसराज सुवेदीले गुरास पुस्कालयको महत्व र प्रजातन्त्र प्राप्तका लागी चापागाई परिवारको भुमिकाका विषयमा चर्चा गर्नु भएको थियो ।
२०२७ सालमा विराटनगर–४ वरगाछीमा स्थापना भएको सो पुस्तकालयको माध्यमवाट प्रजातन्त्र प्राप्तीका लागि गतिविधि हुने गरेकाले पुस्तकालयको आफनै महत्व रहेको सो अवसरमा जानकारी गराईयो ।