सञ्चारकर्मी सहकारीद्वारा चार जना पत्रकार पुरस्कृत

कुमोद अधिकारी
२७ असार
ीवराटनगर । ः सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि. विराटनगरले १४ औँ स्थापना दिवसको उपलक्ष्यमा आज चार सञ्चारकर्मीहरुलाई पुरस्कृत एवं सम्मान गरेको छ।
संस्थाले रु १० हजार राशीको मीनादेवी श्रेष्ठ(रासस) महिला प्रोत्साहन पुरकार निशा दाहाल,रु २१ हजार राशीको मेम्वर चन्द्रलाल – दुर्गादेवी दाहाल संचार श्रमजीवी पुरस्कार अनिल श्रेष्ठ, रु ५१ हजार राशीको ओमप्रकास गोयल आर्थिक पत्रकार पुरस्कार बन्धु पोखरेल र रु ५१ हजार राशीको तारेन्द्र– इन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कार सुभाष ढकाललाई प्रदान गरेको छ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले पुरस्कृतहरुका सम्मान गर्दै राष्ट्रको चौथो अङ्को रुपमा सञ्चार क्षेत्रले सत्यतथ्यका आधारमा कमल चलाउन आग्रह गर्नु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सञ्चारकर्मीहरु सम्मानित हुनु भएकोमा वधाई दिनु भयो ।
मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारी,सहकारीका अध्यक्ष दिपक दाहाल ,नेपाल पत्रकार महासंघ कोशीकी महासचिव हेमा चेम्जोङ,मोरङ अध्यक्ष शुसिला पाठक, सम्मानित व्यक्तित्व सुभाष ढकाल र डिल्ली पोखरेलले सञ्चारकर्मीहरुले आफनो क्षेत्रमा मर्यादित भएर कार्य गर्न सुझाव दिनु भयो ।
विस २०६९ स्थापित सहकारीमा १२१ जना सञ्चारकर्मीहरु सदस्य हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *