मोरङमा देवरद्वारा भाउजूको हत्या

असार २४ गते मोरङको रतुवामाई नगरपालिका–६, मा अंश सम्बन्धी पुरानो बिषयमा झगडा हुँदा एक जनाको मृत्यू भएको छ । असार २१ गते ६० वर्षीया टीकामाया कार्की बस्नेतको आफ्नै देवर ६९ वर्षीय टङ्कबहादुर बस्नेतले हत्या गरेको प्रहरीले जनाएको छ ।

देवर टङ्कबहादुरले अंश विवादका कारण लामो समयदेखि मनभित्र दबिएको रिसले टीकामायाको ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले बताउनुभयो ।

केही समययता मृतकका पति गणेशबहादुर बस्नेत र उहाँका सौतेनी भाइ टङ्कबहादुरबिच पुर्ख्यौली सम्पत्तिको बाँडफाँट सम्बन्धी झगडा चर्किएको थियो । उक्त सम्पत्तिमा देवर टङ्कले एकलौटी कब्जा जमाउन खोज्नुभएको थियो । अदालतबाट दाजु गणेशले पनि अंश पाउने ठहर भएपछि टङ्क आक्रोशित बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बारीमा घाँस काट्न गएका बेला असार २१ गते दिउँसो टीकामायाको शव फेला परेको थियो । विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरिएको हो । त्यस क्रममा मृतकको घुच्चुकमा गहिरो चोट लागेको देखिएको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारी नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढायो ।

डीएसपी चुँडालका अनुसार हँसियाको बिँड प्रहार गरेर टीकामायाको हत्या गरिएको थियो । घटनामा प्रयोग भएको हँसिया टङ्ककै घरबाट बरामद गरिएको छ । प्रहरीले सोमबार दिउँसो टङ्कलाई आफ्नै घरबाट पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *