कुमोद अधिकारी विराटनगर
३० वैसाख,
गृहमन्त्री रमेस लेखकले, संविधान संशोधनका विषयमा सरकारले आन्तरिक तयारी र छलफल गरिरहेको वताउनु भएको छ ।
नेपाली कांग्रेस मोरङले विराटनगरमा मंगलवार आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गनुृहुदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका मन्त्री लेखकल,े संविधान सशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले सयुक्त रुपमा कार्यदल वनाउन प्रक्रिया अघि वढाएको वताउनुभयो ।
संविधानको सवल र दुर्लभपंक्षको विश्लेषण गर्दै सवैदलको सहमतिमा संविधान संशोधन प्रक्रिया अघि वढने उहाले प्रष्ट पार्नुभयो ।
मन्त्री लेखकले सात वुदे सहमतीको जगमा वनेको यो सरकार गठन भएपछि मुलुकमा राजनितिक स्थीरता कायम भएसंगै र पटकपटक सरकार फेरवदल हुने परिपाटी अन्त्य भएको वताउनुभयो ।
उहाले विगतमा सरकार गठन हुदा प्रधानमन्त्रीले तिन तिन महिनामा विश्वासका मत लिनुपर्ने अवस्था रहेकोमा यो सरकार गठन भएको भोली १० महिना पुग्दैछ तर त्यो अवधिमा अहिलेसम्म प्रधानमन्त्रीले एकचोटी पनि विश्वासको मत लिन सदनमा जानु नपरेको वताउनुभयो ।
एक प्रसगमा उहाले दुईवटा पार्टीको सयुक्त सरकार भएकाले कुनै एकदलले एकलौटी सरकार चलाउने कुरा संभव नहुने भएकाले पार्टी कार्यकर्ता लाई निराश नभई आशावादी भएर अघि वढ्न आग्रह गर्नुभयो । आम नागरिकमा यो सरकाले केहि गरेन भनेर भ्रम फैलाउने कार्य भइरहेको भन्दै त्यस्ता गलत प्रचारलाई कांग्रेसले चिर्न सक्नुपर्नेमाा उहाले जोड दिनुभयो ।