जनताका हितमा दलहरुले काम गर्न पर्छ,

कुमोद अधिकारी विराटनगर
२७ वैसाख ,
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नाराणमान विजुक्छेल ठुलादलहरुले जनताको हितमा कामगर्न नसकेकै कारण अहिले समस्या आएको वताउनु भएको छ ।
सो पार्टीले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उहाले पार्टीको घोषणापत्र अनुसार निर्वाचन अघि जनतासंग गरेको प्रतिवद्धता सरकारमा पुगेपछि विर्सने गरेका कारण जनतामा नैरश्यता छाएको वताउनुभयो । जनतासंग गरेको प्रतिवद्धता कुनैपनि हालतमा पुरा गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
जनतामा देखिएको नैरश्यता हटाउन मुलुकमा आर्थिक समाजवाद आवश्यक रहेको र त्यसका लागि दलहरु एक जुट हुनुपर्ने उहाको भनाई थियो । उहाले नेपाली जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन भन्नुहुदै उहाले काठमाण्डौमा केहि मान्छे भेला हुदैमा राजतन्त्र नर्फकने दावी गर्नुभयो । नेपालवाट राजतन्त्र विदा भइरसकेकोले अव पुराना शक्तीहरु नर्फकिने उहाको भनाई थियो ।
एक प्रश्नमा उहाले दल हरु मिल्नुको विकल्प नभएको चर्चा गर्दै तर सवै दलहरु लाई एकतावद्धका साथ अघि वढाउने हो भने ठुलादलहरुले आफु भित्र रहेको कमिकमजोडीलाई सच्याउनु आवश्यक रहेको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *