कुमोद अधिकारी विराटनगर
२७ वैसाख,
दलित समुदायलाई हरेक क्षेत्रमा संक्षम र सवल वनाउन उद्घोषण तथा क्षमता विकास तालिम विराटनगरमा शुरु भएको छ ।
विराटनगर महानगरपालिका– १ नम्वर वर्डा कार्यालयको सहयोगमा तथा संचारकर्मी मिडिया प्रालीको आयोजनामा शुरु भएको तालिममा २५ जनाको सहभागिता रहेको छ ।
वर्डा कार्यालयमा संचालन गरिएको तालिमको उद्घाटन गर्नुहुदै सो वर्डाका वर्डा अध्यक्ष काजीवहादुर वस्नेतले, महिलाहरुको क्षमता अभिवृद्धि गर्दै उनिहरुलाई हरेक क्षेत्रमा संक्षम र सवल वनाउन तालिम आयोजना गरिएको वताउनुभयो ।
तालिमका लागि तालिम दिने मात्र नभई तालिममा सिकेका कुरालाई सहि रुपमा उपयोग गर्दै हरेक क्षेत्रमा महिलाहरुलाई आफना कुराहरु निर्धक भएर राख्न सक्नुपर्नेमा उहाले जोड दिनुभयो ।
उहाले विकास निमार्ण संगै महानगरपालिकाले नगरवासीको व्येक्तित्व तथा क्षमता विकासमा विभिन्न प्रकारका गतिविधिहरु गर्दै आएको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेसका उपाध्यक्ष कुमोद अधिकारीले पछाडी परेका जातीय समुदायलाई विकासको मुलप्रभामा ल्याउन यस प्रकासको तालिम उपयोगी हुने वताउनुभयो ।
उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिका कार्यपालिका सदस्य खुश्वु विश्वकर्मा तथा आयोजक संस्थाका अध्यक्ष वज्रमान घिमिरेले तालिमको महत्वमाथी प्रकास पार्नु भएको थियो ।
पाच दिन सम्म संचालन हुने तालिममा दलित समुदायका युवा युवतीहरुको सहभागिता रहेको छ ।