कुमोद अधिकारी
२४ वैसाख,
जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित धनकुटा जिल्लाको सागुरीगडी गाउपालिका वर्डा न ६ मा संचालित नाम्जे थुम्की सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, अग्र्यानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, तथा व्यवहारले सबैलाई लठ्ठ बनाउने मात्र नभई सामाजिक तथा आर्थिक रुपमा त्याहाका मानीसहरुको जिवनमा समेत परिवर्तन ल्याएको छ ।
मगर जातिको बाहुल्यता रहेको सो बस्तीमा १९ परिवारले सामूहिकरूपमा (होमस्टे) सञ्चालनमा ल्याएपछि गाउको मुहारनै फेरिएका छन भने अर्कोतिर स्थानियको चेतनास्तर समेत वृद्धि हुन थालेको छ । होमस्टेले गाउवस्तीको विकास भएसंगै याहाको वाह्रै महिना हुने चिसो र मनोरम दृष्यले पाहुनलाई लोभ्याउने गरेको छ ।
नाम्जे थुम्की सामुदायिक होमिस्टे व्यवस्थापन समितिका सचिव तुफानकुमार मगरका अनुसार, होमस्टे संचालनमा आएपछि गाउको मुहार फेरिएसंगै यसक्षेत्रका मानिसहरु आर्थिक रुपमा संक्षम हुन थालेका छन । होमस्टे संचालन अघि गाउको अवस्था दयनिय थियो तर अहिले गाउका सवै मानीस आर्थिक रुपमा सवल र सक्षम हुनुका साथै आउने पाहुनाहरु संग घुलमिलगर्न सक्ने भएको उहाको भनाई छ ।

२०६८ साल माघ–२३ गते विदिवत रुपमा दर्ता भएको सो होमस्टेमा वास वस्न झापा, मोरङ, सुनसरी जिलाकाका साथै भारतको सिकिम तथा दार्जलिङ वाट पाहुनाहरु आउने गर्दछन होमस्टेमा एकरातमा डेढसय पाहुना अटाउन सक्ने क्षमता छ ।
होमस्टे वाट दुइचार पैसा कमाउन थालेपछि त्यसवाट आफु सन्तुष्ट रहेको होमस्टे संचालक निलकुमारी मगरको भनाई छ । पाहुनाको सेवा सत्कारगर्न पाउने भएकाले पनि आफु सन्तुष्ट रहेको उहाको भनाई छ । सो होमस्टेमा आउने पाहुनाको सेवा सत्कारमा परिवारका मानीसहरु सक्रिय हुने गरेकाले पनि होमस्टे सवैको मन लोभ्याएको हो र्।
होमस्टे पर्यटकहरुको रोजाईमा पर्न थालेपछि होमस्टे व्यवस्थापनमा प्रदेस तथा स्थानिय सरकारलेपनि सहयोग पु¥याउदै आएका छन । होमस्टे सम्म पुग्ने मुख्य सडकतथा गोरेटो सडकको विस्तार र विजलीवत्ती तथा खानेपानीमा समेत कोशी प्रदेस र स्थानिय सरकारले सहयोग गर्दौ आएको छ ।

सागुरीगडी गाउपालिकाका अध्यक्ष जितेन्द्र रुमजाली राईले पालिकाले वजेट छुटयाएर होमस्टेको विकासमा कामगर्दै आएको उल्लेख गर्नुभयो । होमस्टे संचालकालाई तालिम दिने तथा गाउवस्ती सफा राख्ने अभियानमा पालिका सक्रिय भएर लागेको उहाको भनाई छ ।
पर्यटकको चाहना अनुसार बेलुकाको खानापछि यहाँ विशेषगरी मगर जातिको मौलिक नृत्यहेर्न पाइन्छ । होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरणको सहजतासंग यसलेस्थानीयलाई रोजगारी पनि दिएको छ । १९ परिवारले संचालन गरेको होमस्टेमा वार्षिक ७ देखी ८ हजार पाहुना आउने गरेको व्यवस्थापन समितिका सचिव मगरको भनाई छ ।