कुमोद अधिकारी विराटनगर
२४ वैसाख,
आन्तरिक मामिलातथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्रलाई सुद्धिढगर्दै प्रदेस सरकारलाई संस्थागतगर्न मिडिया क्षेत्रलाई वालियो वनाउनु आवश्यक रहेको वताउनु भएको छ ।
आन्तरिक मामिलातथा कानुन मन्त्रालयले पत्रकारिता दिवस–२०८२ कोे अवसरमा मन्त्रालय आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाले पत्रकारिता क्षेत्र र लोकतन्त्र एउटै सिक्काका दुई पाटा भएकाले पत्रकारिता क्षेत्रको विकासमा प्रदेस सरकार प्रतिवद्ध रहेको वताउनुभयो ।
उहाले पत्रकारिताक्षेत्रको विकासका लागि प्रदेस सरकारले आमसंचार विधेयक संसदमा प्रस्तुत गरि सकेको र आगामी अधिवेशनमा त्यो पारित हुने वताउनुभयो ।
उहाले विधेयकमा सवै कुरा लाई संवोधन गर्न नसकेपनि आम संचारकर्मीको सुझाव तथा सल्लाहलाई यथोचित संवोधन हुने गरि विधेयक पारित हुने वताउनुभयो ।
लोकतन्त्रको विकल्प निरङकुंसतन्त्र होइन भन्नुहुदै मन्त्री भण्डारीले लोकतन्त्रलाई सुद्धिढ र वलियो वनाउने र त्यस भित्र केहि कमिकमजोडी भए त्यसलाई सुधारगर्नेतर्फ संचारक्षेत्रले सुझाव दिनुपर्ने वताउनुभयो ।
यो देशका केहि हुदैन भन्ने भाष्य सृजना गरेर अहिले लोकतन्त्रलाई कमजोड पार्ने काम भइहेको वताउदै उहाले नेपालमा प्रजातन्त्र स्थापना भएपछि सिक्षा, स्वास्थ्य , सडक, पुर्वाधार, खानेपानी लगायतका हरेक क्षेत्रका उल्लेखनिय रुपमा विकास भएको दावी गर्नुभयो । प्रजातन्त्र स्थापना संगै हरेक क्षेत्रका पहिलेको भन्दा अहिले निकै सुधार भएको उहाको भनाई थियो ।
उहाले वढदो समाजिक सन्जालको प्रभावका कारण आमसंचार प्रतिको लोकप्रियता केहि घटन गएकाले नेपाल सरकारले सामाजिक सन्जाल विधेयक अघि वढाएकाले त्यसलाई गलत अर्थमा नलिन संचारकर्मीलाई आग्रह गर्नुभयो ।
उहाले यस अघिका वर्ष प्रदेस सरकाले आजका दिन अर्थात राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा पुरस्कार वितरण कार्यक्रम आयोजना गर्दै आएकोमा अव जेठ–१५ गते गण्तन्त्र दिवसको ऐतिहासिक दिनमा सो पुरस्कार प्रदानगर्ने कार्यक्रम रहेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद आर्चाय, नेपाल पत्रकार महासंघ कोशी प्रदेसका अध्यक्ष भरतवहादुर खडका तथा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशिला पाठकले,े पत्रकारीता क्षेत्रको विकासमा जोड दिनु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेसका पत्रकारिताक्षेत्रको अवस्थाको वारेमा वरिष्ठ पत्रकार यज्ञ सर्माले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।