काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार, मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले सुक्रवार काठमाडौँमा भएको हिंसात्मक आन्दोलनलाई लोकतन्त्रमाथिको प्रहार भएको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै आज विराटनगरमा पत्रकारहरूसग कुराकानीमा मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यममाथि भएको आक्रमण र पत्रकारको हत्या सुनियोजित रूपमा लोकतन्त्रमाथि प्रहार भएको बताउनु भयो ।
पत्रकार महासङघले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै उहालृ व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारहरूलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले पत्रकारहरूको सुरक्षा तथा क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले काठमाडौमा भएको तथाकथित आन्दोलन वास्तवमा आन्दोलन नभएर लुटपाटको श्रृङ्ख्ला मात्र भएको बताउनु भयो । अपराधिक मनस्थितिबाट गरिएको यस प्रकारको गतिविधि सबैले विरोध गर्नुपर्ने उहाको भनाई थियो । पत्रकारहरूको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै उहाले प्रहरी र पत्रकारमाथि आतंककारी शैलीमा गरिएको आक्रमण सभ्य समाजका लागि अस्वीकार्य रहेको धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेसले पत्रकारहरूको सुरक्षाको माग गर्दै मुख्यमन्त्री कार्कीलाई आज बिहान ज्ञापनपत्र बुझाएको थियो । महासङ्घका कोशी प्रदेस अध्यक्ष भरत खडका लगायत महासंघकाका पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कार्कीलाई पत्रकारहरूको पेशागत सुरक्षा र जीवन रक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *