विराटनगरमा निकालिने श्रीराधाकृष्ण रथयात्राको तयारी तिव्र

कुमोद अधिकारी
२९ साउन,
विगतका वर्षहरु जस्थै यो वर्षपनि भाद्र ११ गते मंगलबार विराटनगरमा निकालिने श्रीराधाकृष्ण रथयात्रा तयारी तिव्र वनाइएको छ ।
श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने परम्परा छ । भाद्र १० गते सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व परेको छ । भाद्र ११ गते मंगलबार श्रीराधाकृष्ण रथयात्रा निकालिने छ ।
१९८८ सालमा खटयात्राबाट सुरु भएको श्रीराधाकृष्ण रथयात्रा ९३ वर्षमा पुगेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९३औं संस्करणको श्रीराधाकृष्ण रथयात्राको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।
रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले कोशी प्रदेश सहित नेपाल र भारतका ५ लाख भन्दा बढि धर्मावलम्बीहरू रथयात्रा सहभागिता जनाउने जानकारी गराउनुभयो । रथयात्राका आयोजनाका लागि दुई महिना अघि देखिनै तयारी शुरु गरिएको छ ।
रथयात्राका विषयमा भोली वुधवार जिल्ला प्रसासन कार्यालयमा छलफल कार्यक्रमको आयोजना गरिएको अध्यक्ष रेग्मीले वताउनुभयो
रथयात्रा आयोजक समितिले भाद्र १ गते शनिबार पत्रकार सम्मेलन आयोजना गरेर रथयात्राको तयारी बारे जानकारी गराउने कार्यक्रम छ ।
कार्यसमितिका अध्यक्ष कैलाश रेग्मी नेतृत्वको ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
समितिमा मन्दिर कार्यसमिति, व्यवस्थापन समितिका सम्पूर्ण सदस्यसहित धार्मिक, आध्यात्मिक, प्रशासनिक, उद्योगी, व्यवसायी र समाजका लब्ध प्रतिष्ठित व्यक्तित्व सहभागी छन् ।
रथयात्रामा कुनै कमि कमजोरी रहन नदिई भव्यता प्रदान गर्न १८ उपसमितिको पनि गठन गरिएको छ । पं. भवानीशंकर निरौलाको संयोजकत्वमा रथका मुख्य सारथी, सुरेश जायसवालको संयोजकत्वमा रथ सञ्चालन तथा झाँकी, आनन्द जाजुको संयोजकत्वमा रथ श्रृंगार, दिपक अग्रवालको संयोजकत्वमा मन्दिर श्रृंगार, मोहन भट्टराईको संयोजकत्वमा सुपरिवेक्षण, मीना जोशीको संयोजकत्वमा प्राथमिक उपचार, दिपक प्रधानको संयोजकत्वमा प्राविधिक, सन्तोष महत ‘स्यान्ट्रो’ को संयोजकत्वमा स्वयं सेवक, अंकित मारूको संयोजकत्वमा प्रसाद व्यवस्थापन, सुनिल साहको संयोजकत्वमा पिउने पानी व्यवस्थापन, मोहनप्रसाद गिरीको संयोजकत्वमा विद्युत व्यवस्थापन, ओमप्रकास राठीको संयोजकत्वमा सडक लोक सांस्कृतिक उपसमिति गठन गरिएको छ ।
विराटनगरको श्रीराधाकृष्ण रथयात्रा दक्षिण एसियाकै भारतको जगन्नाथपुरी पछि दोस्रो ठुलो रथयात्रा हो । विराटनगर–१, पानीट्याङ्की स्थित श्रीराधाकृष्ण मन्दिरबाट दिउसो निकालिने श्रीराधाकृष्ण रथयात्रा नगरक्षेत्रको परिक्रमा पछि पुनः राधाकृष्ण मन्दिरमा पुगेर रथयात्राको समापन गरिने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *