कुमोद अधिकारी
१२ साउन,
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजसेवामा लायन्स क्लबको योगदान महत्वपुर्ण र सराहनिय रहेको बताउनु भएको छ ।
लायन्स क्लव विराटनगर सेन्टरको आज आयोजित पदस्थापना समारोहको शभारम्भ गर्नुहुदै उहाँले क्लबले युवाहरुको माध्यमबाट समाजमा रहेका विकृति ,विसंगति र अन्धविश्वास प्रथालाई अन्त्य गर्नु पर्नेमा जोड दिनु भयो ।
मुख्यमन्त्री कार्कीले ‘राष्ट्रिय सार्वभौम ,नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लवले गर्ने सामाजिक कार्यमा आगामी दिनमा थप हौशला मिलोस भन्ने शुभकामना दिनु भयो ’ ।
समाजमा लागु पदार्थ दुर्ब्यसनको विकराल समस्याले कतिपय युवाहरुमा त्यसको असर परिरहेकाले कुलतवाट मुक्तगर्न क्लवले लागु औषधि विरुद्धको जनचेतना मुलक अभियान संचालन गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले मानव समुदायलाई सुसंस्कृत, अनुशसित एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामीसबै लाग्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले ‘हरेक मानिसलाई आफ्नो , परिवार,समाज र राष्ट्रका लागि योगदान दिनु पर्छ भन्ने दायित्व वुझाउनु आवश्यक रहेको विचार राख्नु भयो ’।
सो अवसरमा सन् २०२४÷२५ का लागि सेन्टरका अध्यक्ष फडिन्द्र अधिकारीलाई पदस्थापन गरिएको थियो । सेन्टरले विगत २९ बर्षदेखि सामुदायिक विद्यालय, खानेपानी, जाडोमा गरीवलाई न्यानो कपडा वितरण, वाढी पीडितलाई सहयोग उपलव्ध गर्दै समाजसेबामा लागेको निवर्तमान अध्यक्ष बिमल नेपालले बताउनुभयो ।
कार्यक्रम लायन्सका गभर्नर बिकास अधिकारीले लायन्सका विविध विषयमा चर्चा गर्नुभएको थियोे