कुमोद अधिकारी
१९ असार,
दलित महिलाहरुको हक अधिकारका विषय कागजमा लेखिए पनि ब्यवहारमा भने लागू हुन नसकेको दलित अगुवा महिलाहरुले गुनासो गर्नु भएको छ ।
संविधानमा दलित महिलाको अधिकारका कुरा उल्लेख भएपनि स्थानियतहले वजेट वनाउदा दलित महिलाालाई संवोधन नगरेको उहाहरुको गुनासो छ ।
आज बिराटनगरमा दलित महिला संघ मोरङले आयोजना गरेको दलित महिलाको समाहिकरणका लागि सञ्चारकर्मीहरुको भुमिका बिषय अन्तरक्रियामा दलित अगुवाहरुले यस्तो गुनासो गर्नु भएको हो ।
दलित समुदायको अधिकारलाई कागजमै मात्र सिमित नराखी हरेक स्थानिय तह तथा वडाहरुलाई बजेट छुटयाएर महिलाका लागि विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्नुपर्ने उहाहरुको भनाई छ ।
दलित महिला संघ मोरङको अध्यक्ष शर्मिला परियारले, न्यायीक तह सम्म पु¥याउन दलित महिलालाई हरेक प्रकारले सक्षम बनाउनु पर्ने भएकोले त्यसको लागि तिनै तहको सरकारले आवश्यक बजेट छुट्याएर सहयोग गर्नु पर्ने बताउनु भयो ।
उहाले दलित महिलासंगै अरु समुदायका महिलाको अधिकारका लागि पनि संस्थाले काम गरिरहेको र अधिकारका विषयमा पछाडि परेका सवै समुदायलाई समाना रुपले हेरेको वताउनुभयो ।
कार्यक्रमको सहजीकरण गर्नु हुदै नेपालमा दलित महिला र किशोरी हरुको मानव अधिकार प्रवर्द्धन आयोजना समयोजक नरबहादुर आउजिले दलित समुदायको एकलैको प्रयासले अधिकार नपाउने भएकोले सबैलाई आफ्नो ठाउँबाट पहल गरिदिनु हुन आग्रह गर्नु भयो

दलित महिला संघ कोशी प्रदेश सचिब दुर्गा नेपालीले, सरकारले वडा देखि संघीय संसदसम्म दलित महिला प्रतिनिधि बनाए पनि अधिकार भने नदिएको गुनासो गर्नु भयो ।
दलित महिलासंघ मोरङका सचिव मन्दिरा विश्वकर्माले दलित महिलाको क्षमता अभिवृद्धिगर्न दलित महिला मैत्री वजेट आवश्यक रहेको वताउनुभयो ।
नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष तारा आचार्यले दलित महिलाको अधिकार शुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा संस्थाले दलित महिला अधिकार तथा उनिहरुलाई सक्षम र सवल वनाउन स्थानिय, प्रदेस र संघिय स्तरमा सार्वजनिक संवाद, अन्तरक्रिया कार्यक्रम तथा दलित महिलाको श्रोतसाधन र न्यायमा पहुच वढाउन स्थानिय सरकारलाई जवाफदही वनाउदै महिलाका लागि सिपमुलक तथा स्वरोजगार कार्यक्रम संचालन गर्दै आएको जानकारी गराइको थियो ।
संस्थाले स्थानिय तथा प्रदेसमा दलित महिलाका लागि छुटै वजेट ल्याउन मागगर्दै सो संस्थाले पािलका तथा प्रदेस स्तरमा दुइ महिना अघिदेखि विभिन्न अन्तरक्रिया एंव छलफल कार्यक्रम आयोजना गर्दै आएको ििथयो ।
कार्यक्रम संस्थाका अध्यक्ष सर्मिला परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।