कुमोद अधिकारी
१३ जेठ,
चिनिया कम्पनी वाइलोले उपभोक्तालाई लक्षितगर्दै विराटनगरमा छलफल एंव भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
स्वास्थ्य प्रयोगशालालाई आवश्यक पर्ने अत्याधुनिक र सुविधायुक्त परीक्षण एवं एनालाईजर मेशिन उत्पादक चिनीयाँ कम्पनी वाइलोको बारेमा यसका उपभोक्तालाई थप जानकारी र सूचना प्रदान गर्न भेटघाट कार्यक्रमको आयोजना गरिएको हो । भेटघाटकालागि चीनबाटपनि वाइलोका प्रतिनिधिहरू विराटनगर आइपुगेका थिए ।
ब्राण्ड बारे जानकारी प्रदान गर्दै वाइलोका वितरक काठमाडौं स्थित ओम सर्जिकल कन्सर्नका निर्देशक उद्धव भण्डारीले वाइलो सरकारीदेखि निजी अस्पतालका प्रयोगशालाहरूको पहिलो रोजाई वाइलो बन्दै गएको बताउनुभयो ।
कार्यक्रममा लाइलोको प्रवद्र्धक विशेषज्ञ फरा वाङ्गले मानिसको स्वस्थ्य जीवनको विकल्प नै वाईलो भएको बताउनुभयो । बजार प्रतिनिधि क्रिश्चिना वेङ्गले उपकरणको बिक्री वितरणपछिपनि कम्पनीले नै मर्मत सम्हारको जिम्मा लिँदै आएको बताउदै कम्पनीको प्रभावकारिता विषयमा जोड दिनुभयो ।
प्रयोगशाला विशेषज्ञ डा. पुनम यादवले सस्तो र डाटामा सटिकताका कारण वाईलो ब्राण्डले नेपालमा ख्याती कमाउँदै गएको बताउनुभयो । वाइलोका इन्जिनियर सुजन सुवेदीले वाईलोको मुख्य उत्पादक क्लिया भएको बताउदै क्लियालाई साधारणतया थाइराईड मेशिन भनेर बुभ्mने गरिएपनि यसले थाइराइडदेखि प्रजनन् स्वास्थ्य सम्बन्धी १२० प्रकारका परीक्षण गर्ने उल्लेख गर्नुभयो ।
ओम सर्जिकलका कार्यकारी निर्देशक दलबहादुर भण्डारीले पछिल्लो समयमा हार्मोन परिक्षणमा चिनीया उत्पादनका प्रयोगशालाका मेशिनहरूले विश्व बजारमा वर्चश्व कायम गर्दै लगेको किटान गर्नुभयो ।
वाईलोको उत्पादन एडभान्स्ड क्लिया प्रविधिायुक्त आई फ्लास ३००० केमिलुमिनिसिन्स इम्युनोाआसे एनालाईजरले थाइराइड, ट्युमर मार्कर्स, एनेमिया, कारडिआक मार्कर, मेटाबोलिजम, लिभर फाइब्रोसिस, फर्टिलिटी, टर्च, एन्टी फोसफोलिपिड सिन्ड्रोम, रूमेटोइड आर्थराइटिस, कनेक्टीभ टिस्यु सम्बन्धी रोग, कलेजो संक्रमण, भस्क्युलिटिस डाइगोनोस्टिक, एलर्जी, इबीभी लगायतका विभिन्न खाले संक्रमणसँग सम्बन्धित परीक्षणको भरपर्दो विश्लेषणका कारण विश्व बजारको मन जितेको छ ।