विज्ञान प्रदर्शनीमा पोखरीया मावि प्रथम , प्रदर्शनीवाट विद्यार्थी लाभान्वित हुदै

कुमोद अधिकारी
१० जेठ,
विराटनगर, सुनसरीको सितागञ्ज स्थित एभरेष्ट साईन्स सेन्टर (शान्ति वनमा) आयोजित विज्ञान प्रदर्शनीमा विराटनगरको पोखरीया मावि प्रथम भएको छ । जेठ ३ गते देखि ५ गते सम्म ३ दिन को आयोजित प्रदर्शनीमा प्रथम हुँदै पोखरीया माविले ५० हजार रुपैयाँ नगद राशीसमेत प्राप्त गरेको छ ।
प्रदर्शनीमा विराटनगरकै सत्यनारायण माविले दोस्रो स्थान हाँसिल गर्दै २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै राजविराजको पव्लीक विन्देश्वरी मावि, वर्दीवासको दुर्गा मावि, वाराको दुर्गा मोडेल मावि र सान्त्वना हुँदै १० हजार रुपैयाँका दरले नगद राशी र प्रमाणपत्र प्राप्त गरेका छन् ।


प्रदर्शनीमा कोशी र मधेश प्रदेशमा १० वटा विद्यालयका विद्यार्थी सहभागि थिए । विजेता विद्यालयहरूलाई नासा का वरिष्ठ अन्तरिक्ष वैज्ञानिक डा. र्यान जिगलरलले नगद राशी तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो ।
सुनसरीको सितागञ्ज स्थित शान्ति वनमा नासाका वरिष्ठ अन्तरिक्ष वैज्ञानिक डा. र्यान जिगलरल ले चन्दमाबाट ल्याइएको ढुंगा पनि प्रदर्शनी भइरहेको छ । जेठ २ गते देखि सुरू भएको चन्द्रमाको ढुंगा प्रदर्शनी ६ महिना सम्म हुने शान्ति वनका सञ्चालक डा दिलिप अधिकारीले बताउनुभयो । प्रदर्शनीमा सहभागि भएका दर्शकहरूले विद्यालयका स्टलहरूलाई गरेको भोटका आधारमा विजेता छनोट गरिएको अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *