कुमोद अधिकारी विराटनगर
११ जेठ, विहिवार
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सवै जाति समुदायलाई अपनत्व हुनेगरि समय सापेक्ष रुपमा संविधान परिमार्जन गर्दै जानुपर्ने वताउनु भएको छ ।
विराटनगरमा आयोजित पार्टीका मोरङ निर्वाचन क्षेत्र न ५ का महाधिवेशन प्रतिनिधिको छनौट कार्यक्रमा उहाले अहिलेका महगो निर्वाचन प्रणाली मुलुकले धान्न नस्क्ने भएकाले निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको वताउनुभयो ।
उहाले अहिलेको संसदिय व्यवस्था असफल भइसकेकाले जनतावाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती प्रणाली राजनितिक स्थाइत्वका लागि आवश्यक रहेको उहाको भनाई थियो । सत्ता प्राप्तीका लागि दलहरुलाई फुटाउने प्रवृति रामो होइन भन्नुहुदै उहाले यसले लोकतन्त्रलाई कमजोड पार्ने वताउनुभयो ।
अध्यक्ष यादवले मुलुकको आर्थिक विकास तथा समवृद्धि कायमगर्दै प्राप्त उपलव्धिको रक्षा गर्न दलहरु गंभिर हुनुपर्नेमा जोड दिनुभयो । राजनिति अस्थिरतका कारण मुलुकले गति लिन नसकेको भन्नुहुदै उहाले दलहरुले ध्यान जनताको समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो ।
मुलुकमा ठुला ठुला राजनितिक परिवर्तन भएपनि मुलुकको आर्थीक, समाजिक रुपान्तर तथा सुशासन कायम हुन नसेको उहाले वताउनुभयो । अध्यक्ष यादवले राजनीतिक स्थायीत्वबाट मुलुकमा दिगो विकास कायम हुने बताउनु भयो । उहाले समग्र विकासलाई अगाडि वढाउने दह्रो राजनीतिक नेतृत्व आवश्यक रहेको उहाको भनाई थियो ।
अध्यक्ष यादवले लोकतन्त्रमा स्वतन्त्र प्रेस माथि आक्रमण निन्दनीय हो भन्दै यस्ता कार्य अविलम्व रोक्नु पर्ने धारणा राख्नु भयो राष्ट्रिय एकता वालियो वनाउन पछाडी परेका सवै जाति समुदायले मुल राजनितिमा समान अवसर पाउनुपर्नेमा उहाले जोड दिनुभयो ।
सो अवसरमा पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य जयराम यादव, अर्जुन थापा,प्रदेश सचिव अनिल ठाकुर र सुरेश गनगाई लगायतले समाजमा पछाडि परेका एवं उत्पीडित जनताको उत्थान गर्नु पार्टीको मुख्य उद्देश्य रहेको वताउनुभयो । जनना समाजवादी पार्टीले जिल्लाका सवै निवार्चन क्षेत्रमा भेला आयोजना गर्दै महाधिवेशन प्रतिनिधि चयन गर्दे आएको पार्टीका मोरङ जिल्ला प्रवक्ता राकेश रोसन यादवले वताउनुभयो ।