कुमोद अधिकारी
३० चैत
विराटनगर÷ विराटनगर– ९ मा रहेको विराट मोडेल कलेजले स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेको छ ।
विराटनगरमा विहिवार एउटै मञ्चमा कार्यक्रम आयोजना गरि विद्यार्थीको स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेको हो ।
विविएस र विएड पहिलो वर्षका २ सय ५० जना विद्यार्थीलाई स्वागत गरिएको छ । त्यसैगरी चौथो वर्षका विविएसर बिएडका १ सय २ जना विद्यार्थीलाई कलेजले विदाइ गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका परीक्षा सहनियन्त्रक डा.डिल्ली प्रसाइले गुणस्तरिय सिक्षामा जोड दिनुहुदै व्यवहारिक र सिपमुलुक सिक्षा अहिले आवश्यक रहेको वताउनुभयो ।
कार्यक्रमको अध्यक्ष्यता कलेज ब्यजस्थापन समितका अध्यक्ष डा.जनक अधिकारीले निजि कलेज संचालनमा आएपछि स्थानिय स्तरमानै उच्च सिक्षा हाशिल गर्न विद्यार्थीलाई सहज भएको वताउनुभयो ।
कार्यक्रममा प्याब्सन मोरङका कोषाअध्यक्ष बिष्णु डंगोल, कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपाललगायतले गुणस्तरिय सिक्षालार्ई कलेजले जोड दिएको वताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य कलेजका सञ्चालक देविलाल महतोले गर्नु भएको थियो । कलेजका प्रवन्धक निर्देशक ओमप्रकाश राजवंशीले कलेजको योजनाहरु बताउदै विराट मोडेल कलेज प्रति विद्यार्थी आकार्षण वढदै गएको दावी गर्नुभयो ।
विविएस र विएडका कक्षाहरु सञ्चालन रहेको कलेज २०६५ सालमा स्थापना भएको थियो । २०७९ सालबाट नयाँ ब्यवस्थापनमा सञ्चालनमा रहेको छ । कलेजमा एक हजार भन्दा बढी विद्यार्थीै अध्ययनरत रहेको सो अवसरमा जानकारी गराइयो ।