दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता हुँदै

कुमोद अधिकारी
१५ फागुन
विराटनगर । गतवर्ष जस्तै योवर्ष पनि विराटनगरमा दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट बिथआउट बाउण्ड्रीको सहयोगमा फागुन १७ देखि २० गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता हुने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
१६ ओभरको हुने उक्त प्रतियोगितामा विराटनगरका ६ वटा सामुदायिक विद्यालयहरूको सहभागि हुने नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा विराटनगरको आर्दश, बालिका, महेन्द्र, सरस्वती, सत्यानारयण र मिल्स स्कुलका महिला खेलाडीहरुले भाग लिने उहाले वताउनुभयो । ‘प्रतियोगितामा दैनिक ६ वटा खेलहरू हुनेछ । सबै टिमले सबैसँग प्रतिस्पर्धा गर्नेछन्,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘लिगको आधारमा प्रतियोगिता हुनेछ ।’ लिग चरणमा प्रतियोगिता हुने र अङ्कको आधारमा शीर्ष दुईवटा टोलीले फाइनल खेल्ने उहाले जानकारी दिनुभयो । सो प्रतियोगिताले अन्तराष्ट्रिय स्तरका खेलाडी समेत उत्तपादन गरेको र सो प्रतियोगितावाट छनौट भएका कतिपय खेलाढीहरु
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई छात्रवृत्ती प्रदान गरिने उहाले वताउनुभयो । प्रतियोगितामा उत्कृष्ट बलर, प्लेयर अफ द सिरिज, उत्कृष्ट विकेट किपर, उदयमान खेलाडी र उत्कृष्ट ब्याटरलाई छात्रवृत्ती प्राप्त गर्ने भएका छन् । यो प्रतियोगिताबाट १४ जना खेलाडीहरु छनौट गरेर राजविराजमा चैतमा हुने टि–२० क्रिकेट प्रतियोगितामा खेल्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगिताले अन्तराष्ट्रिय स्तरका खेलाडी समेत उत्तपादन गरेको र सो प्रतियोगितावाट छनौट भएका कतिपय खेलाडीहरुले प्रदेस तथा जिल्ला स्तरमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेको कार्यक्रम संयोजक मन्दिप साहले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *