फागुन–७ गते विराटनगरमा श्री जगन्नाथ रथयात्रा महा–महोत्सव आयोजना हुदै

कुमोद अधिकारी विराटनगर
फागुन, ४ शुक्रवार
नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) ले फागुन ७ गते सोमवार विराटनगरमा श्रीजगनाथ रथयात्रा निकाल्ने तयारी गरेको छ । इस्कोनको मोरङ जिल्ला समिति र विराटनगर महानगर समितिले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर रथयात्रा निकाल्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।
इस्कोन मोरङका अध्यक्ष क्रान्तिस शर्मा र विराटनगर उपाध्यक्ष भानुभक्त जोशीले भारतको जगन्नाथ पुगेर भगवान जगन्नाथ रथयात्राको अवलोकन गर्न नसक्ने भक्तजनका लागि विराटनगरमा नै दर्शन एवं अवलोकन गर्ने उद्देश्यका साथ रथयात्रा निकाल्न लागिएको जानकारी गराउनुभयो ।
फागुन ७ गते सोमबार विराटनगरमा निकालिने रथयात्रामा २ हजार भन्दा बढि सनातन हिन्दु धर्मावलम्बीहरूको सहभागिता रहने इस्कोनका मोरङ अध्यक्ष क्रान्तिस शर्माले बताउनुभयो ।
पत्रकार सम्मेलनमा रथयात्रा आयोजक समितिका संयोजक, समाजसेवी गणेशप्रसाद राठी र इस्कोन विराटनगर महानगर समिति सदस्य निर्मला खत्रीको सहभागिता रहेको थियो । डा. मदन कोइरालालाई रथयात्रा आयोजक समितिको सल्लाहकारमा राखिएको छ ।

सोमबार बिहान १० बजे विराटनगरको रामजानकी मन्दिरबाट निस्कने रथयात्रा बजार क्षेत्रको परिक्रमा गर्दै विराटनगरको सिटि प्यालेसमा पुगेर समापन हुनेछ । रथयात्रा समापन पश्चात सिटि प्यालेसमा ३ वजे देखि प्रसाद वितरण,सास्कृतिक कार्यक्रम, नाटक नृत्य तथा भजन–किर्तन तथा प्रवचन कार्यक्रमको आयोजना हुने भएको छ ।
इस्कोन नेपाल क्षेत्रका सचिव स्वामी पत्री प्रभुजीको प्रमुख आतिथ्यतामा रथयात्रा निकाल्ने तयारी भई रहेको आयोजक समितिले जानकारी गराएको छ ।
रथयात्रा कार्यक्रम पश्चात इस्कोनका विश्व प्रसिद्ध गुरु स्वामी पत्री प्रभुजी र नेपाली युवामाझ लोकप्रिय इन्जिनियर रुपेश्वर गौरले इस्कोन बारे आध्यात्मिक प्रवचन दिने कार्यक्रम रहेको छ ।
इस्कोनले हालसम्म ७८ भन्दा वढि मुलुकहरुमा श्री जगन्नाथ रथयात्रा आयोजना गरिसेकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *