जेभीयस विद्यालयको वार्षिक उत्सवमा विभिन्न कार्यक्रमको आयोजना

कुमोद अधिकारी विराटनगर
फागुन, ५ शनिवार
मोरङको वुढिगंगा–२ मा रहेको जेभीयस इङलीस विद्यालयले आफनो ९ औ वार्षिक उत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । सो अवसरमा विद्यालयमा आज आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले कविता वाचन, नाटक, नृत्य तथा गित प्रस्तुत गरेका थिए ।
९ वर्ष अघि संचालनमा आएको सो विद्यालयमा नर्सरी देखि कक्षा–१२ सम्म ९ सय विद्यार्थी अध्यनरत छन । सो अवसरमा विद्यालयलाई विभिन्न क्षेत्रवाट सहयोग पु¥याउने महानुभाव तथा अभिभावकहरुलाई सम्मान गरिएको थियो ।
विद्यालयका विद्यार्थीहरुले निमार्ण गरेको वेभसाइटको शुभारम्भ गर्नुहुदै कोशी प्रदेसका उधोग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
सो अवसरमा वोल्नुहुदै मन्त्री खत्रीले मुलुकको आर्थिक , समाजिक तथा राजनितिक परिवर्तनका संवाहक विद्यार्थी भएको उल्लेख गर्दै देसले रोजेको र देसले चाहेको असल व्येक्ति उत्तपादन हने खालको सिक्षा अहिलेको आवश्यकता रहेको वताउनुभयो ।
कोशी प्रदेस सरकारले १० वर्ष मुनिका वालवालिकालाई निशुल्क उपचारको व्यवस्था,महिला स्वयंसेविका हरुलाई भत्ताको व्यवस्था जलन उपचारका लागि वर्निङ अस्पताल संचालन प्रक्रियालाई अघि वढाउनुका साथै अहिलेको सरकारले कृषि, उधोग , सहकारी तथा पर्यटनको विकासमा जोड दिएको वताउनुभयो ।


वुढिगंगा गाउपालिकाका प्रमुख जितनारायण थापा मगरले समय अनुकुल सिपमुलक सिक्षा अहिलेको आवश्यता भएको वताउनुभयो । नफा कमाउने भन्दा पनि विद्यालयहरु सेवामुखी हुनुपर्नेमा उहाले जोड दिनुभयो ।
विद्यालयका प्रिन्सिपल परेश पोखरेलले विद्यालयले प्रदानगर्दै आएको गुणस्तरीय सिक्षाका कारण विद्यालमा विद्यार्थीको शख्या उल्लेखनिय रुपमा वढदै गएको वताउनुभयो । केहिवर्ष अघि कक्षा–८ सम्म विद्यालय संचालन हुदा साढे चारसय विद्यार्थी रहेकोमा अहिले कक्षा –१२ संचालनमा आएपछि विद्यालयमा ९ सय विद्यार्थी पुगेको उहाले वताउनुभयो ।


सिक्षाको गुणस्तर थप वृद्धिगर्न आगामी सैक्षिक शत्रदेखि विद्यालयले नया कार्ययोजना ल्याउन लागेको वताउदै उहाले उहाले सिप विकासका लागि विद्यालयले दुर सिक्षाको सहकार्यमा विभिन्न कक्षा संचालनगर्न लागेको जानकारी गराउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता रानामगर तथा समाजसेवी राजन खत्रीले गुणस्तरिय सिक्षाका कारण विद्यालय प्रति विद्यार्थीको आकार्षण वढेको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *