विराटनगरमा आयोजना हुन लागेको ट्रेड एक्सपोको सम्पुुर्ण तयारी पुरा, एक्सपोको प्रधानमन्त्री दाहालले उद्घाटन गर्नुहुने

कुमोद अधिकारी विराटनगर
पुष ५ विहिवार
मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन मोरङ व्यापार संघले आयोजना गर्न लागेको एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको छ ।
मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–२ मा भोली शुक्रवारदेखी सञ्चालन हुने एक्स्पोले मोरङ –सुनसरी आर्थिक करिडोरको प्रवद्र्धन, विकास , वृद्धि र अर्थतन्त्रलाई थप वढावा दिन सहयोग पुुग्ने जनाएको छ।
यस क्षेत्रको कृषि, पर्यटन , ठूला औद्योगिक एवं साना घरेलु उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने एक्स्पोमा २४० स्टल रहने मोरङ व्यापार सङ्घका अध्यक्ष नविन रिजालले बताउनु भयो ।
अध्यक्ष रिजालले एक्स्पोमा स्वेदशी ठुला, मझौला साथै भारत,बङ्गलादेश पाकिस्तानका उत्पादित वस्तुहरु एव उत्पादनकर्ताहरुको सहभागिता रहने छ।
सुदूरपश्चिम तथा दुर्गम क्षेत्रका कृषि तथा साना घरेलु उद्योगका उत्पादनका लागि निःशुल्क स्टल उपलव्ध गराउने अध्यक्ष रिजालले जानकारी दिनु भयो ।
एक्स्पोले अन्तर प्रादेशिक उत्पादन र सेवाहरुको राष्ट्रिय÷ अन्तर्राष्टि बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरुबीच व्यवसायिक सम्वन्ध र सहकार्य स्थापना , पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार लगायतका कार्यको प्रवद्र्धन गरिने छ ।
सङ्घका पूर्व अध्यक्ष महेश जाजुले प्रदेशको उद्योग व्यापारीका समस्या समाधान,प्रदर्शनी स्थल निर्माण र कार्गो रेल सेवा सुचारु रुपमा सञ्चालनमा एक्स्पोबाट सहयोग पुग्ने वताउनुभयो ।
एक्स्पो संचालनमा चार करोड ५० खर्च लाग्ने छ भने १० करोडको व्यापारिक कारोवार हुने विश्वास गरिएको एक्सपोका संयोजक अनिल साहले जानकारी दिनु भयो ।
नेपाल र भारतका गरि चार लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने विश्वास गरिएको छ।
मोरङ व्यापार सङ्घले विस २०५३ देखि एक्स्पोको आयोजना गर्दै आइरहेको छ।
एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)ले भोलि शुक्रबार मध्यान्ह २ः३० बजे उद्घाटन गर्नु हुने कार्यक्रम रहको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *