मंसिर २५,
भारतको जोगवनीमा विराटनगरका एक जना युवक गोलीको छर्रा लागेर घाइते भएका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ८का २८ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले जानकारी दिनुभयो । डिएसपी दाहालका अनुसार निर्दोष आइतबार दिउँसो जोगवनी गएका थिए। जोगवनीको रेलवे स्टेशन नजिकै गोली प्रहार भएको हो। गोलीको छर्रा निर्दोषको तिघ्रामा लागेको छ।
‘घाइतेको कोशी अस्पतालमा उपचार भइरहेको छ। डिएसपी दाहालका अनुसार ‘८( १० जनाको समुहमा आएका अज्ञात समुहले गोली प्रहार गरेको थियो । गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।