अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सचेतनामूलक कार्यक्रम

विराटनगर , मंसीर २४
७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर विराटनगर महानगरपालिकाले सचेतनामूलक ¥याली आयोजना गरेको छ ।
विराटनगर महानगरपालिकाबाट सुरु भएको ¥यालीले गोल्छाचोक, जलजलाचोक, ट्राफिक चोक हुँदै जनआन्दोलन चोकमा पुगेर समापन भएको थियो । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनसमेत गरिएको थियो ।
¥यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानवअधिकार र लैंगिक हिंसाविरुद्धको अभियानलाई दिवसमा मात्रै सीमित राख्न नहुनेमा जोड दिनुभयो । उहाँले सबै सचेत भए लैंगिक हिंसा र मानवअधिकार हनन्का घटनामा कमी आउने बताउनुभयो ।
उमेयर शिल्पा निराला कार्कीले आत्मादेखि नै हिंसा गर्दिन भन्ने प्रण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । कतै हिंसा देखिए त्यसको प्रतिकार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ¥यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी, महानगरका कर्मचारी, माइती नेपाल, ओरेक, नेकपा एस, सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी, साना हातहरु नेपाल, एवीसी नेपाल, महेन्द्र मोरङ क्याम्पस, विराटनगर नर्सिङ क्याम्पसलगायत एक दर्जनभन्दा बढी संघसंस्थाको प्रतिनिधित्व रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *