कुमोदअधिकारी
मंसिर २३ शनिवार,
विराटनगर महानगरपालिका वाड नं १८ स्थित भेडियारीमा रहेको विराटराजाको दरवारमा शनिवार विहान सरसफाई गरिएको छ ।
दक्षिणभेगमा विकास निमार्णको कार्यलाई तिव्रता दिदै आएको महानगरपालिको अगुवाईमा विराटराजाको दारवारमा सौंदर्यीकरण र सरसफाइ अभियान संचालन गरेको हो ।
विराटनगर महागनरपालिकाका प्रमुख नागेश कोइराला तथा उप–प्रमुख शिल्पा निराला कार्की सहित नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी, महानगर प्रहरी ,सशत्र प्रहरी विभिन्न संघसंस्थाका तथा राजनितिकदलका प्रतिनिधी सम्मिलित टोलीले विराटराजाको दरवार पुगेर सफाईमा जुटेका थिए ।

सरसफाई अभियानमा विराटनगर महानगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा वडा सदस्य हरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको शुभारम्भ गर्नुहुदै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरलाई स्वच्छ, हराभरा वनाउन महानगरले सफाई अभियान संचालन गरिरहेको बताउनुभयो । विराटनगरलाई हाम्रा र राम्रो बनाउने अभियानमा विदाका दिन महानगरले सरसफाई तथा सौंदर्यीकरण अभियान संचालन गरेको उहाँले बताउनुभयो
उहाँले विराटराजाको प्राचिन दरवारलाई पर्यटकीय क्षेत्रको रुपमा विकासगर्न यसलाई व्यवस्थितगर्दै लैजान आवश्यक रहेको बताउनुभयो । विराटराजा दरवारको संरक्षणमा महानगरपालिकामात्र नभएर यस क्षेत्रका बासिन्दाको सहयोग पनि उत्तिकै आवश्यक रहेको उहाँको भनाई थियो ।

महागनरपालिकाका उप–मेयर शिल्पा निराला कार्कीले नेपाल भारतको सिमा नाकासंग जोडिएको विराटराजाको दारवारको धार्मिक महत्व रहेकोले यसको विकासका लागि महानगरपालिका प्रतिवद्ध रहेको बताउनृुभयो । विराटराजाको दरवारको विकासका लागि प्रत्येकवर्ष महानगरपालिकाले बजेट छुटयाउदै आएको उहाँको भनाई थियो ।
विराटनगर महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष जितेन्द्र शाहले विराटराजा दरवारको विकासमा वडाको बजेट अपुग हुने भएकाले यस्को विकासका लागि महागनर संगै प्रदेश र संघिय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।
गत वर्ष महानगरपालिकाले विराट राजाको दरवारक्षेत्र भित्र रहेको धरोहर पोखरीलाई थप व्यवस्थित र आर्कषणयुक्त बनाएको छ । करिव एक करोडको लागमा पोखरीको मर्मतसंभार गरिएको वडा अध्यक्ष जितेन्द्र शाहले बताउनुभयो ।