जीवन शैलीमा परिवर्तन आवश्यक महानगर प्रमुख कोइराला

कुमोद अधिकारी १७ मंसिर, २०८०

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रिय कार्ययोजना सम्बन्धी कार्यशाला गोष्ठीलाई विराटनगरमा आज संवोधन गर्नुहुँदै उहाँले अहिले विभिन्न प्रकारका रोगहरूको महामारी फैलिरहेकाले त्यसको नियन्त्रणका लागि तिनै तहको सरकारबिच समन्वय आवश्यक रहेको बताउनुभयो ।

केन्द्र सरकारले स्वास्थ्य क्षेत्रका लागी बजेट बनाउँदा स्थानीय तहको आवश्यकतामा ध्यान दिनुपर्ने उहाँको भनाई थियो । स्वास्थ्य क्षेत्रका लागि केन्द्रिय सरकारले स्थानीय तहसँगै समन्वय गर्दै एकै प्रकारको नीति ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महानगर प्रमुख कोइरालाले विभिन्न रोग लाग्न नदिन जीवन शैलीमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउँदै मान्छेको आयु बढाउन स्वस्थ खानपान, नित्य व्यायाम, सरसफाइ तथा वातावरण संरक्षणमा जोड दिनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले क्यान्सर, मधुमेह, उच्च रक्तचाप तथा श्वासप्रश्वास जस्ता नसर्ने रोगको व्यवस्थापनमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *