पानीजहाज र पूर्व–पश्चिम रेलमार्ग नेपालमा सम्भव छैन : भौतिक पूर्वाधारमन्त्री राई

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सरकारी ढुकुटी प्रयोग गरेर पूर्व-पश्चिम रेलमार्ग निर्माण असम्भव रहेको बताएका छन्।

नेपाल पूर्वाधार पत्रकार समाजसँगको भेटमा उनले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्न १० वर्ष समयावधी र २४ खर्ब रुपैयाँ खर्च लाग्ने देखिएको बताए।

यत्रो खर्च गरेर निर्माण गरिने रेलमार्गबाट हुने मुनाफा भने नदेखिएको उनको भनाइ छ। अन्य क्षेत्रमा लगानी नगरी पूर्व-पश्चिम रेलमार्ग निर्माणमा मात्र पुँजीगत खर्च लगाउने हो भने पनि ६ वर्षको बजेट छुट्याउन पर्छ। जुन सम्भव देखिँदैन, उनले थपे।

औचित्य र आवश्यकता हो भनेर जग्गा प्राप्ति गरी निर्माण गर्ने हो भने पनि न्यूनतम २४ खर्ब रुपैयाँ नभइ पूर्व–पश्चिम रेलमार्ग निर्माण हुन नसक्ने उनले बताए।

देशको बजेट नै ४ खर्ब र कार्यान्वयन तीन खर्ब रुपैयाँ मात्र भइरहेको छ। यस्तो अवस्थामा त्यो रेलमार्ग निर्माण सम्भव छैन्, उनले भने। अहिले नेपालको आर्थिक अवस्था र स्रोतको उपलब्धताको हिसाबले निर्माण गर्न नसकिने उनले स्पष्ट पारे।

त्यस्तै, अहिले पनि कुर्था जनकपुर जयनगर रेल सञ्चालन घाटामा रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *