असोज १२ वुधवार
अन्तराष्ट्रिय सूचनामा विश्वव्यापी पहुच दिवशको अवसरमा विराटनगरमा सूचनाको हक सम्वन्धि छलफल कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको आयोजनामा भएको सो कार्यक्रममा सूचनाको हक सम्बन्धि ऐनको व्यवस्था त्यसको कार्यान्वयन र प्रभावकारिता का विषयमा छलफल भएको थियो ।
कार्यक्रममा वोल्नुहुदै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सार्वजनिक निकायहरुले गरेको सेवाप्रवाह को वारेमा नागरिकलाई जानकारी गराउन पनि सूचनाको हक आवश्यक रहेको वताउनुभयो ।
सूचनाको हक प्रयोग गर्दा कार्यालयले गरेको गतिविधीको वारेमा आम नागरिक लाई जानकारी हुने र कार्यालयको काम समेत पारदर्शीहुने उहाँको भनाई थियो । सूचना माग्दा वा सूचनाको हक प्रयोग गर्दा त्यसको उदेश्यका विषय भने प्रष्ट पार्नुपर्ने उहाको भनाई थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाहले सूचनाको हकको व्यवस्था र ऐनका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएकमो थियो । सुचनाको हकका विषयमा संविधानमै उल्लेख गरेकाले सरल र सहज रुपले जनताले वुझनेगरि कार्यालयहरुले सुचना दिनुपर्ने वताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेल, मोरङका प्रहरी प्रमुख नेपाली सेनाका मोरङका प्रमुख राष्ट्रिय अनुसन्धानका प्रमुख तथा सरकारी गैर कार्यालयका प्रतिनिधीहरुको सहभागिता थियो ।