समाजवादी मोर्चाले मोरङको रंगेलीमा संन्देशसभा गर्ने

कुमोद अधिकारी
असोज 24 बुधवार

विराटनगर, समाजवादी मोर्चाले मोरङको रंगेलीमा सन्देशसभाको आयोजना गर्ने भएको छ । चार दलीय मोर्चाले विराटनगरमा मंगलवार पत्रकार सम्मेलन गर्दै असोज–२५ गते सभा गर्न लागेको जनाएको छ ।
नेकपा माओवादी, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल तथा नेकपा विप्लप समुहको आयोजनामा सभागर्न लागीएको एकिकृत समाजवादी पोलिटव्युरो सदस्य महेश रेग्मीले बताउनुभयो ।
सभालाई जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव लगायत अन्य तीन दलका नेताले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । संविधानको सहि कार्यान्वयन,जनताको सुख समृद्धि तथा सामाजिक न्यायका लागि सभा आयोेजना गर्न लागीएको जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य जयराम यादवले बताउनुभयो ।
जसपा मोरङका अध्यक्ष राजकुमार यादवको सभापतीत्वमा भएको पत्रकार सम्मेलनमा नेकपा माओवादीका कोशी प्रदेश सचिव गणेश उप्रेती, सो पार्टीका जिल्ला अध्यक्ष विजयकुमार विश्वास, नेकपा एसका जिल्ला अध्यक्ष चन्द्रविर राई तथा नेकपाका इर्चाज संगीत सीको सहभागिता रहेको थियो । मोर्चाले असोज २४ गतेदेखि असोज २७ गतेसम्म कोशी प्रदेशभरी संन्देशसभा गर्न लागेको जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *