कुमोद अधिकारी विराटनगर भाद्र २४
प्रहरीको हतियार तथा सर्वसाधारणलाई लुटपाट गर्ने एक भारतीय सहित ६ जनालाई प्रहरीले प्रकाउ गरी आज सार्वजनिक गरेको छ।,
जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा पत्रकार सम्मेलनमा उनिहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा सुनसरी जिल्ला दुहवी नगरपालिका वडा नं ४ का ३२ वर्षिय नसुदिन मियाँ, सोही नगरपालिका वडा नं १ वस्ने ३० वर्षिय मो अलिम मुर्तुजा, भारत घर भई सुनसरीको दुहवी नगरपालिका वडा नं ६ वस्ने ४० वर्षीय मो. आलम,मोरङको वुढीगंगा गाउँपालिकाका वडा न ४ वस्ने ४० वर्षिय रिजवन मियाँ,सोही गाउँपालिका वडा नं ५ का २१ वर्षिय नजरुल मियाँ र सोही वडा बस्ने २५ वर्षिय सिजाम आलम रहेका छन (सिजाम मोवाईल सेन्टरका सञ्चालक) हुन ।
निजहरुलाई मोरङको वुढीगंगा कोयलपुर क्षेत्रको नहरको सडकमा यही भदौ २२ गते रातिको ११ बजे शंकास्पद रुपमा हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले वताउनुभयो ।

निजहरुको साथवाट प्रहरीले प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल एक थान, कटुवा पेस्तोल एक थान, रड तीन थान, धारिलो हतियार चक्कु दुई थान, पेचकस एक थान, रु एक लाख ७५ हजार २७५ र भारतीय रुपैया ११ हजार ६००, सुनजस्तो देखिने गहना तिलहरि एक थान ,झुम्का दुई जोर, चाँदीको जस्तो देखिने तीन लहरे सिक्री एक थान, पाउजु एक जोर , विभिन्न विदेशी रुपैया र नेपाली र भारतीय नम्बरको मोटरसाईकल दुई थान वरामद गरेको छ ।
निजहरुले मोरङ र सुनसरीका विभिन्न ठाउमा रातीको समयमा दैनिक जसो लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ।
निजहरुले हालसम्म ११ स्थानमा लुटपाट गरेको प्रहरीको भनाई छ निजहरुलाई डकैती तथा हातहतियार र संगठीत अपराधमा मुद्दा चलाउने प्रहरीले जनाएको छ।
निजहरुलाई पक्राउ गर्न १० जना प्रहरी लाई आगामी दिनमा पुरस्कृत गर्ने सोही अवसरमा जानकारी दिइयो ।