वैदेशिक रोजगारमा जानेका लागी प्रभावकारी वन्दै सुरक्षित आप्रवासी सामी परियोजना

सुरक्षित वैदेशिक रोजगारका लागी संचालित सुरक्षित आप्रवासी सामी परियोजना मोरङमा प्रभावकारी बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा दुइ वर्ष देखी परियोजना संचालनमा छ ।

विराटनगर, सुरक्षित वैदेशिक रोजगारका लागी संचालित सुरक्षित आप्रवासी सामी परियोजना मोरङमा प्रभावकारी बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा दुइ वर्ष देखी परियोजना संचालनमा छ ।
परियोजनाले वैदेशिक रोजगारमा जानेहरुलाई सहि सुचना दिने सहजिकरण गर्ने , विदेशमा अलपत्र परेका कामदारहरु को उद्धार तथा ठगीमा परेकाहरुको रकम मेनपावर कम्पनीहरुबाट र्फिता लिएर पिडित पक्षलाई वुझाउने जस्ता कार्य गर्दै आएको छ ।
परियोजनाले विदेश जाने युवा हरुलाई परामर्स दिदै विदेश जादा कस्तो मेन पावरको भरमा जादै हुनुहुन्छ ? सिप सिक्नु भएको छ छैन ? त्यहाँ गएर के काम गर्ने जस्ता विषयमा मेनपावर संग कुरा भएको छ छैन ? , सिप सिकेको छैन भने सिप सिकेर जानुस जस्ता विषयमा सल्लाह र सुझाव दिने गरेको पाइएको छ ।
परियोजनाले गत आर्थिक वर्ष मा ऐजेन्ट तथा मेनपावर कम्पनीले वैदेशिक रोजगारमा जाने कामदार वाट १ करोड १२ लाख १० हजार ५ सय रुपैया असुल उपर गरि पिडित पक्षलाई बूझाएको छ ।
त्यस्तै परियोजनाले वैदेशिक रोजारमा जाने ४६ सय २ जनालाई सुरक्षित रोजगारका लागी परामर्स दिएको छ । त्यसमध्ये ३ हजार ४ सय ९४ जना पुरुष र १ हजार १ सय ८ महिला रहेका छन । त्यस्तै कार्यालयमा २ सय ८६ उजुरी दर्ता भएका छन । त्यसमध्ये १ सय ८२ ठगिका र विदेशमा अलपत्र परेका र मृत्यु भएका १ सय ४ उजुरी दर्ता भएको आप्रवासी श्रोतकेन्द्र परियोजनाका परामर्स कर्ता सरोजकुमार खनालले बताए ।
जिल्ला प्रशासन कार्यालयमा मलेसिया, साउदी, कुवेत, कतार लगायत अन्य देश जान पासपोर्ट बनाउन आउने ६० जनाभन्दा बढिले दैनिक सेवा लिने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *