कुमोद अधिकारी विराटनगर
चैत १६ विहिवार
कृषिवालिमा लाग्ने रोग नियन्त्रण एंव उपचारका लागि मोरङको सुनवर्सी नगरपालिका–५ मा वालि उपचार शिविर आयोजना गरिएको छ । कृषि ज्ञानकेन्द्र र सुनवर्सि नगरपालिकाको सहयोगमा आयोजना गरिएको एक दिने शिविरमा १ सय ५६ जना किसानले वालि परिक्षण गराएका थिए ।
वालि परिक्षणको क्रममा बढि जस्तो आँपमा फडके किरा,मकैवालीमा फौजी किरा तथा चैते धानमा व्याक्टोरियल लिवलाइट जस्ता रोग फेला परेको सुनवर्सी नगरपालिका कृषि विकाश शाखाका अधिकृत नरेस साहले बताउनभयो । शिविरमा किसानलाई रोग वरुद्ध विभिन्न सुझाव सहित किटनाशक औषधी समेत निःशुल्क वितरण गरिएको कृषि शाखा अधिकृत साहले बताउनुभयो ।

शिविरमा किसानले खेतवारीमा उत्तपादन गरेको फर्सी, लौका, भिन्डी, वैगुन जस्ता तरकारी वालि सहित मकै , धान तथा चना वालिको विरुवा परिक्षणका गरिएको थिए ।
वालिमा लाग्ने विभिन्न रोगका कारण किसानले ठुलो क्षती व्योर्हनु परिरहेकाले त्यस्को रोकथामका लागि प्रत्येक वडामा शिविरको आयोजना गरिएको नगरपालिकाका उपप्रमुख मिरादेवी दासले बताउनुभयो ।
सुनवर्सी नगरपालिकाका वडा नं ५ का वडा अध्यक्ष युगेश्वर ठाकुरले वालि परिक्षण शिविर संगै उर्वरा क्षमता बढाउन माटो परिक्षण शिविर समेत संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा अत्याधिक रसायनिक मलको प्रयोग तथा गुणस्तरहिन विउ प्रयोगका कारण वालि नालीमा रोगको प्रकोप बढन थालेकाले आवश्यकता अनुसार रसायनिक मलको प्रयोग गर्न कृषि विज्ञहरुले किसानहरुलाई सुझाव दिएका थिए ।
शिविरमा कृषि ज्ञानकेन्द्र मोरङका प्रमुख रामदेव सिंह, वाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठ कृषि विज्ञ रामानन्द यादव तथा रेणु यादवले किसानहरुलाई कृषी सम्वन्धी विभिन्न सल्लाह सुझव दिनु भएको थियो ।