कुमोद अधिकारी
विराटनगर, १४ चैत
। कोशीप्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगमी आर्थिक वर्षको बजेट तर्जुमागर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यकरण हुने योजनातर्फ ध्यान दिन स्थानीयतहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ ।
आज विराटनगरमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोशीप्रदेशको दोस्रो अधिवेशनको उद्घााटन गर्दै मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभावीरुपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमाखर्च गर्न नहुने बताउनुभयो ।
उहाले आवश्यकता अनुसार सडक, पुल र भवननिर्माणमा बजेट खर्च गर्नुपर्ने उहाको भनाई थियो ।
पुँजीगतखर्च गर्दा सङ्घीय र प्रदेश सरकार भन्दापनि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने तर्फ सचेत गराउँदै जनतामा वितृष्ण बढाउने किसिमका योजनामा लगानी नगर्न उहाले आग्रह गर्नुभयो ।
उहाँले गोरुगाडा देखि गुन्द्रुकबिक्री गर्ने सम्मलाई करको दायरामाल्याएको विगतको अभ्यास रहेको स्मरण गराउँदै लोकप्रियताका नाममा कर छुट दिने र वृद्धि गर्ने भन्दापनि करको दायरा बढाउने तर्फ ध्यानदिनुपर्ने बताउनुभयो ।
अहिलेको बजेटबाट धेरै काम गर्न नसकेपनि स्थानीयतहलाई बलियो बनाउने र स्थानीयतहसँग समन्वय गरेर काम गर्ने कुरामाप्रदेश सरकार तयार रहेको उहाँको भनाइ छ ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘गाउँपालिकाहरुलाई एक भन्दापनि दुई वा सो भन्दा बढी पालिका सहभागिहुने सामुहिक योजनानिर्माणमा ध्यानदिनुहोस, त्यस्ता सामुहिक योजनामाप्रदेश सरकारको प्रथामिकता रहने छ ।’
उहाँले मुलुक सङेघीयतामा गएसँगविकास निर्माणका कामले गति लिएको स्मरण गराउँदै सङ्घीय सरकारले २० वर्षमा गर्न नसकेको विकासको कामप्रदेश सरकारले पाँचवर्षको अवधिमा गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
सङ्घकी प्रदेश उपाध्यक्ष उर्मिला राईले पालिकाका जनप्रतिनिधिहरुले जनतालाई विकासको अनुभूति गराउनुपर्ने विचार राख्नु भयो ।
गाउँपालिका महासङ्घका प्रदेश अध्यक्ष ताराबहादुर काफ्ले प्रतिवेदन पेश गर्नु भएको थियो । अधिवेशनमा प्रदेशका ८८ पालिकाका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।–––