कुमोद अधिकारी
१७ भदौ,
विराटनगर । विराटनगरमा निकालिने ऐतिहासिक श्रीराधाकृष्णको रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।
विगतका वर्ष जस्तै श्रीकृष्ण अष्ठमीको भोलि पल्ट विराटनगर–१ तीनपैनीस्थित पुरानो तथा ऐतिहासिक श्रीराधाकृष्णको मन्दिरवाट रथयात्रा निकालिदै छ ।
भाद्र–२० गते शनिवार दिनको ३ः३० बजे निकालिने सो रथयात्राले नगरको विभिन्न भागरको परिक्रमागदै रातीको ९ बजे मन्दिर परिसरमा पुगेर रथयात्रा समापन हुनेछ । विगत ९४ वर्ष देखि प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टीको भोलीपल्ट विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने पुरानो तथा ऐतिहासिक परम्परा रहि आएको छ ।
श्रीराधाकृष्ण मन्दिर मूल समारोह समितिले ९५औं संस्करणको श्रीराधाकृष्ण रथयात्रा निकाल्न लागेको हो ।राधाकृष्ण रथयात्रा भारतको उडिसा राज्यको जगन्थानपुरी पछि दक्षिण एसियाकै सबै भन्दा ठुलो पुरानो तथा ऐतिहासिक रथयात्रा हो । रथयात्रामा नेपाल र भारतका गरी ५ लाख बढी भक्तजन सहभागी हुने आयोजकले जनाएको छ ।
।श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बुधवार पत्रकार सम्मेलन गरेर ९५औं संस्करणको रथयात्राबाट प्राप्त दान भेटीको रकम प्रधानमन्त्री बालेन शाहको दैविक प्रकोप राहत कोष मार्फत रसुवाको बाढीपीडित परिवारलाई सहयोग गर्ने जानकारी गराउनुभयो । रगयात्रावाट प्राप्त दानभेटको रकम रसुवाका वाढी पिडितलाई सहयोगगर्ने उहाले जानकारी गराउनुभयो ।

प्त्रकार सम्मेलनमा श्रीराधाकृष्ण मन्दिर समितिका उपाध्यक्ष नन्दकिशोर राठी, सचिव कृष्ण कार्की र कोषाध्यक्ष नरेश राठीले रथयात्रको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।
ऐतिहासिक रथयात्रा मन्दिर परिसरवाट निस्केर तीनपैनीबाट रोडशेष चौक, महेन्द्र चौक, बरगाछी चौक हुँदै पुनः मन्दिरमा पुगेर समापन हुनेछ ।
यसैगरि विराटनगर–३ मानगढस्थित श्रीराधाकृष्ण मन्दिर वाट पानि सोहि दिन विहान राधाकृष्णको रथयात्रा निकालिने भएको छ । प्रत्येवर्ष त्याहा स्थित राधाकृष्ण मन्दिर परिसरवाट रथयात्र निकालिदै आएको छ । मूल समारोह समितिले बुधवार पत्रकार सम्मेलन गरेर रथयात्राको रुट बारे जानकारी गराएको छ ।
श्रीराधाकृष्ण मन्दिर मूल समारोह समितिका संयोजक पशुपति रेग्मी र महासचिव केशवप्रसाद आचार्यले पत्रकार सम्मेलन गरेर भाद्र २० गते शनिवार बिहान ७ः३० बजेदेखि दिउँसो १२ः०० बजे समापन हुनेगरि रथयात्रा निकालिने जानकारी गराउनुभयो ।
विराटनगर–३ मानगढस्थित श्रीराधाकृष्ण मन्दिरको प्राङ्गणबाट भाद्र २० गते शनिवार बिहान ७ः३० बजे निस्कने रथयात्रा पुष्पलाल चौक, ठुलो मिल चौक, कञ्चनवारी चौक, आयल निगम, औषधि व्यवस्था विभाग, राजवंशी चौक, खारजी चौक, ढाट, मदन नगर चौक, तालिम केन्द्र हुँदै पुनः मन्दिरमा पुगेर समापन हुनेछ ।