प्रदेश १ कांग्रेस संसदीय दलमा अर्याल, कार्की र थापा को उम्मेदवारी

मोरङ — प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सांसद आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, पार्टीका प्रदेश १ सभापति उद्धव थापा र पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले दलको नेतामा उम्मेदवारी दिएका हुन् । कार्कीका प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शम्शेर राई रहेका छन् । थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई रहेको निर्वाचन संयोजक राष्ट्रसभा सदस्य रमेशजंग रायमाझीले बताए । अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरूङ रहेका छन् ।संस्थापन पक्षका अर्याल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षका थापा र संस्थापन इत्तर शेखर कोइराला पक्षबाट कार्कीले उम्मेदवारी दिएका हुन् । दलको नेता छान्न भोलि शुक्रबार निर्वाचन हुँदैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *