बिराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ

कुमोद अधिकारी
३१ ऋसार
विराटनगर—क्यान्सर रोगको भरपर्दो उपचारका लागि स्थापना भएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटमा विशेषज्ञ भित्रिएका छन् । नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठले अबदेखि हस्पिटलको फिजियोथेरापी विभागबाट सेवा दिने हस्पिटलले जनाएको छ ।
शल्यक्रिया र क्यान्सरको उपचार गराइरहेका तथा उपचार पश्चातको बिरामीहरू सामान्यतयाः शारीरिक दुर्बलता, गतिविधिको सीमा र पुनः आत्मविश्वास खोजेर अलमलिने हुन्छन् । नेपालमा यही समस्याको समाधान गर्ने कुनै विशेषज्ञ सेवा अहिलेसम्म उपलब्ध थिएन ।
अस्मिता श्रेष्ठको आगमन यो महत्त्वपूर्ण खाडल भरिने विश्वास हस्पिटलले लिएको छ । अंकोलोजी फिजियोथेरापीमा अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा हासिल गर्नु भएको अस्मिता श्रेष्ठ बीपीटी र एमपीटी—अंकोलोजी फिजियोथेरापीको विशेषज्ञता नेपालमा अरु कसैले पनि नपाएको हस्पिटलको दाबी छ। श्रेष्ठले काठमाडौं मेडिकल कलेज स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलबाट माष्टर्स अफ फिजियोथेरापी (एमपीटी—अंकोलोजी थेरापी) गरेकी थिइन् । स्नातक अध्ययनपश्चातको पाँच वर्षमा उनले विभिन्न किसिमका बिरामीहरूलाई फिजियोथेरापी सेवा प्रदान गरेको र तत्पश्चात क्यान्सर बिरामीहरूमा रुची बढेपद्धि भारतको कर्नाटकस्थित केएलई एकेडेमी अफ हायर एजुकेशन एण्ड रिसर्चबाट एमपीटी—अंकोलोजी फिजियोथेरापीको अध्ययन गरेकी हुन् । उहाले क्यान्सर बिरामीहरूलाई सर्जरी र किमोथेरापी पश्चातको शारीरिक पुनःनिर्माणमा वैज्ञानिक र प्रभावकारी फिजियोथेरापी सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।
‘कुहिनो, घुँडा, काँख र अन्य अंगको गतिविधि सुधार, शारीरिक शक्ति वृद्धि र दैनिक कामकाज सामान्य गर्न उहाँले व्यक्तिगत र समूह आधारित थेरापी सेवा उपलब्ध गराउनु हुनेछ,’ अस्पतालले भनेको छ, ‘क्यान्सर रोगका बिरामीको उपचार यात्रा पूर्ण भइसकेपछि नयाँ जीवन सुरु हुन्छ । शारीरिक पुनःस्र्थापना, कार्यक्षमतामा सुधार र आत्मविश्वास पुनः लाभ— यो सबै क्यान्सर सर्वाइभरका लागि महत्त्वपूर्ण हुन्छ ।’ क्यान्सरका बिरामीहरुले अंकोलोजी फिजियोथेरापी विशेषज्ञ श्रेष्ठले आइतबारदेखि शुक्रबार बिहान ९ देखि साँझ ५ बजेसम्म बिरामीहरूलाई परामर्श तथा उपचार सेवा प्रदान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *