कुमोद अधिकारी
११ चैत
विराटनगर । कोशी प्रदेस सरकारले कृषिमा व्यावसायिकरण गर्ने उदेश्यले कृषि कर्जा व्याज अनुदान कार्यक्रम संचालनमा ल्याएको छ
कृषिको व्यवसायिक उत्पादन, प्रशोधन, भण्डारन बजारीकरण तथा कृषिउपजको मूल्य अभिवृद्धिका लागि किसानलाई बैंक, वित्तीय तथा सहकारी संस्थामार्फत लिएको कृषि कर्जाको व्याजमा अनुदान दिन कार्यक्रम संचालनमा आएको हो ।
उधोग, कृषितथा सहकारी मन्त्रालय कोशी प्रदेस मार्फत संचालनमा आएको कार्यक्रमले वैंक, वित्तिय तथा सहकारीवाट लिएको कृषि कर्जा ऋणको व्याजमा ६ देखी ८ प्रतिशत रकम मन्त्रालयले व्योर्हने छ ।
व्यावसायिक किसानलाई कृषि कर्जामा व्याज अनुदान दिन आएको यो कार्यक्रमले धेरै किसानलाई प्रतिफल दिने मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत पशुपती पोखरेलको भनाई छ ।
जिल्लामा रहेका कृषि ज्ञानकेन्द्र तथा पशुसेवा केन्द्रवाट सिफारिस भएर छनौट भएका कृषक समुह तथा संस्थाले ७ लाख देखि ५० लाख सम्म र सहकारी मार्फत कृषि उपज मुल्य अभिवृद्धिगर्ने संस्थालाई ३ करोड सम्मको ऋणमा व्याजमा अनुदानको व्यवस्था गरिएको छ ।


त्यस्का लागि चालु आर्थिकवर्षमा मन्त्रालयल १४ कराड रुपैया वजेट विनयोजन गरेको छ । सुचिकृत भएका वैकतथा वित्तिय संस्थावट १० देखि ५० लाख तथा सहकारीवाट १० लाख सम्म ऋण उपलव्ध हुदै आएको अधिकृत पोखरेलको भनाई छ ।
दुई वर्ष अघि शुरु भएको यो कार्यक्रम अन्तर्गत व्यवसायिक कृषिका लागि मोरङ जिल्लामा गत आर्थिकवर्ष ३५ जना किसानलाई कृषि कर्जाको व्याजमा अनुदान प्रक्रिया अघि वढाइको र चालु आर्थिकवर्षमा अहिले सम्म ११ जना किसान सिफारिस भएको कृषि ज्ञान केन्द्र मोरङका माटो विज्ञ महेश सापकोटाको भनाई छ ।
तरकारी , च्याउ तथा फलफुल खेती संगै मौरी पालन व्यवसाय संचालन गर्ने किसानका लागि लिएको कृषि कर्जामा व्याज अनुदानका लागि सिफारिस भएका छन । कृषि ज्ञानकेन्द्रले ३ करोड ४० लाख वरावरको व्याज अनुदानका लागि सिफारिस गरेको छ । कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि कृषि ज्ञानकेन्द्र तथा मन्त्रालयवाट पटक पटक किसानको खेतमा गएर अनुगमन गर्ने गरेकाले पनि वास्तविक किसानले मात्र यस्को सहि उपयोग गर्दै आएको माटो विज्ञ सापकोटाको दावी छ ।
यो कार्यक्रम अन्तर्गत विराटनगर–७ स्थित इश्वर साना किसान सहकारी संस्थामा आवद्ध ३१ जना किसानले वित्तय संघ संस्था मार्फत ऋण लिएर तरकारी खेती गर्दै आएका छन । प्रत्येक किसान ५ देखि ७ लाख सम्म ऋण लिएर कृषि व्यवसाय संचालन गर्दै आएको संस्थाका अध्यक्ष वलवहादुर घिमिरेको भनाई छ । त्यसमध्ये २९ जनाले सात, सात लाख र दुई जनाले पाच पाच लाख ऋण लिएका छन ।
त्यस्तै मोरङ उर्लावारी स्थित मालवासे कृषि फर्मले ५० लाख ऋण लिएर ड्राइगन खेती शुरु गरेको छ । कृषिर्फमले दुई विघा जग्गामा ड्राइगन खेती गर्दै आएको कार्यालयले जनाएको छ । निरन्तर संचालनमा आउने यो परियोजनावाट वास्तविक किसानले अनुदान पाउने मन्त्रालयले विश्वास लिएको छ ।