मङ्सिर २९ गते । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई सुतेकै अवस्थामा मृत भेटिनुभएको छ । बेलुका खानपान गरेर सुत्नुभएका राई घरैमा ओछ्यानमा मृत भेटिनुभएको हो ।
प्रहरी निरीक्षक राई ओखलढुङ्गाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख हुनुहुन्थ्यो । राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र घर बिदामा आउनुभएको थियो । उहाँको सब पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।