काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । 

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–०१–००५ ख. ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।

भट्टका अनुसार नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिएको छ  । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।

अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बाटोबाट अन्य थप यात्रु चढेनचढेको खुलेको छैन ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ ।

सडकबाट खसेको बस नदीमा डुबेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *