धनपालथान गाउपालिकामा विद्यालय केन्द्रीत पाठेघर मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान संचालन हुदै

कुमोद अधिकारी
२३ माघ,
विराटनगर । मोरङको धनपालथान गाउपालिकामा विद्यालय केन्द्रित पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको विद्यालय केन्द्रीत (एचपिभी) खोप अभियान शुरु हुने भएको छ ।
सातवटा वडा रहेको सो पालिकामा माघ २७ गते देखि २९ गते तिनदिन सम्म विद्यालयहरुमा अभियान संचालनका लागि तयारी गरिएको धनपालथान गाउपालिकाका स्वास्थ्य साखा प्रमुख ऋषिराज सेठले वताउनुभयो ।
दादरवैरिया स्थित सरस्वती मावीमा आयोजित विद्यालय केन्द्रित (एचपिभी) खोप संचालन तथा पुर्णखोप शुनिश्चतता दिगोपना कार्यक्रम सम्वन्धी पालिका स्तरिय अभिमुखिकरण कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।
पालिका स्तरिय खोप अभियानमा कक्षा ६ मा अध्ययनरत साढे पाचसय बालिका र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका बालिकालाई खोप लगाउने गरी अभियान शुरुगर्न लागिएको स्वास्थ्य साखा प्रमुख सेठले जानकारी दिनुभयो । उहाँका अनुार गत बर्षको १० देखि १४ वर्ष उमेर समूहका किशोरी लक्षित अभियानमा छुटेकाहरुलाई पनि खोप लगाइने छ ।त्यस्का लागि निर्धारण गरिएका ३६ वटा खोपकेन्द्रहरुबाट खोप सञ्चालन हुने छ ।


अभियान अन्तर्गत पालिकाले खोप संचालन कार्यक्रम सम्वन्धि पालिका स्तरिय फोकल शिक्षक शिक्षिका हरुको अभिमुखिकरण तथा नियमित खोपका लागि विद्यालय केन्द्रित सुक्ष्म योजना तयारी गोष्ठी समेत सम्पन्न गरी सकेको छ ।
धनपालथान गाउपालिकाका अध्यक्ष जिवछ गच्छदारले अभियान प्रभावकारी वनाउन पालिकाका सवै जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी परिचालन भएको वताउनुभयो । पाठेघर मुखको क्यान्सरवाट प्रत्येकवर्ष कतिपय महिलाहरुले ज्यान गुमाउनु परेकाले तोकिएको उमेर समुहका कक्षा–६ का तथा विद्यालय वाहिर रहेका वालिकाहरुलाई अभियानमा सहभागी हुन उहाले आग्रह गर्नुभयो ।


सो पालिकाका समयमा सो रोगको पहचानका लागि पालिका स्तरमा पाठेघर मुखको परिक्षण समेत गर्दै आएको छ । पालिकाले पाठेघर मुखको परिक्षणका लागि वर्डा स्तरमा शिविर संचालन गर्दै आएपनि कम शख्यामा महिलाहरु सहभागी हुने गरेको पाइएको छ ।
रोगवाट वच्न एउटा उपाय एचपिभी खोप लगाउनुका साथै पाठेघर मुखको परिक्षण गर्नुपर्ने भएकाले कुनै संकोच र लाज नमानी पठेघर मुखको परिक्षण ३ वर्षमा एकचोटी अनिवार्य गर्न समेत स्वास्थ्य प्रमुख सेठले सवैमा आग्रह समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *