कुमोद अधिकारी
१२ कातिक
विराटनगर, । ः नेपाल कम्युनिष्ट पार्टी(एमाले) स्थायी कमिटि सदस्य तथा पार्टीका कोशी प्रदेश इन्चार्ज शेरधन राईले विघटित संसद पुनस्र्थापनाको विकल्प नभएको वताउनु भएको छ ।
प्रेस चौतारी मोरङद्वारा आज विराटनगरमा आयोजित सम्वाद कार्यक्रममा उहाँले गैर संवैधानिक वाटो वाट वर्तमान सरकार गठन भएकाले संविधान सहि ट्रयाकमा ल्याउनपनि संसद पुर्नस्थापना आवश्यक रहेको प्रष्ट पार्नुभयो । संसद पुनस्र्थापना गरेर संविधानिक आधारमा वन्ने सरकारले मात्रै मुलुकलाई निकास दिने उहाको भनाई थियो ।
कोशी प्रदेसका पुर्व मुख्यमन्त्री समेत रहनु भएको राईले भदौ २३ गतेको जेन्जी समुहको शातीपुर्ण आन्दोलन हाईज्याक गरेर केहि तत्वले तोडफोड एंव आगजानी गर्दै मुलुकमा विध्वंस मच्चाउने काम गरेकाले त्यस्ता तत्वलाई कार्वाहीको दायरामा ल्याउपनी उच्च स्तारिय शक्तिशाली छानविन आयोगको गठन हुनु पर्ने वताउनुभयो । अहिलेको अवस्थामा फागुन–२१ ग्ते चुनाव संभव नभएको उहाको भनाई थियो ।
उहाले संविधान, लोकतन्त्र, स्वाधीनताको रक्षाका लागि नेकपा एमालले कोशी प्रदेशमा पार्टीका सवा लाख कार्यकता परिचालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
कोशी प्रदेसका १४ वटै जिल्लामा आफनो पार्टीले आज देखि जन जागरण अभियान शुरु गरेको वताउदै जागरण अभियान अन्तर्गत कार्तिक–२५ गते कोशी प्रदेसका विराटनगर लगायत विभिन्न सहरहरुमा वृह् जनप्रदर्शन कार्यक्रम आयोजना हुने उहाले वताउनुभयो ।
उहाले सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको माग राखेर जेन्जी समूहको आन्दोलनमा घुसपैठ भएकै कारण देशमा अराजकता बढेको र शान्ति सुरक्षाको स्थितिमा प्रश्न खडा भएकाले मुलुकमा शान्ती , स्थिरता कायमगर्न लोकतन्त्रवादी शक्ति एक जुट हुनेपर्ने वताउनुभयो ।
एक प्रश्नमा उहाले कोशी प्रदेसमा मन्त्री मण्डल हेरफेर हुन सक्ने वताउनुभयो । विगतमा मन्त्रीहरुले गर्नु भएको काामको मुल्याकंन आधारलाई हेरेर मन्त्री हरु हेरफेर हुन सम्ने उहाको भनाई थियो ।