कुमोद अधिकारी
२७ असोज,
विराटनगर । जेनजी आन्दोलनको क्रममा भएको क्षतिको कारण एक महिनादेखि अवरुद्ध विराटनगर स्थित भुमिसुधार तथा मालपोत कार्यालयको सेवा सुचारु भएको छ । विराटनगर महानगरपालिका सहित मोरङ जिल्लाका ६ वटा पाकिलालाई सेवा प्रदानगर्दै आएको कार्यालयको सेवा सुचारु भएपछि सेवग्राहीहरुलाई समेत सहज भएको छ ।
जेनजी आन्दोलनका क्रममा कार्यालयको संरचना , कार्यालयमा प्रयोगमा आउने उपकरण तथा कागजात पुर्णरुपमा नष्ठ भएपछि कार्यालयको सवै सेवा अवरुद्ध भएको थियो ।
आन्दोलनको क्रममा जलेका श्रेस्ताको हकमा श्रेष्ता कायमगर्ने र भइरहेका श्रेष्ताहरुलाई कार्यान्वयन गराउने गरि कार्यालयले सेवा सुचारु गरेको हो ।
मालपोत कार्यालय विराटनगरका प्रमुख राजेस प्रसाद पोखरेलले कार्यालयले सेवा सुचारु गरेको र कतिया जलेका श्रेष्ताहरुको रेकर्ड कार्यालय संग रहेको वताउदै भुमिसाुधार तथा तामिली सम्वन्धि सवै फायल नष्ठ भएकाले त्यसवाहेकका सवै सेवा प्रदानगर्न आफुहरु तत्पर रहेको जानकारी दिनुभयो । जग्गा सम्वन्धि श्रेष्ताका रेकर्ड कार्यालय संग पनि छ र सोही रेकर्ड तपाई हरुसंग छ, त्यस कारण सर्वसाधारणहरुले कुनै प्रकारको चिन्ता लिनु पर्दैन, त्रसित पनि हुनुपर्दै उहाले भन्नुभयो सोही अनुसार सवै काम अघि वढछ र त्यहि अनुरुप सेवा प्रभाको काम हुन्छ । टकिसिनवारीको हकमा भने सो क्षेत्रका सवै श्रेष्ता जलेको र त्यसलाई पनि कार्यालयको रेकर्ड हेरर व्यवस्थि गर्दै लैजाने उहाले प्रष्ट पार्नुभयो ।
सेवा सुचारु गरेपछि सेवा लिन सहज हुने विराटनगर–१ ीक मुना निरौलाको भनाई छ । एक महिना देखि कुनै प्रकारको काम नभइरहेको अवस्थामा सेवा सुचारु भएपछि रोकिएका कामहरु अव सहज रुपमा हुने विराटनगर –१४ का देवनारयाण साहको भनाई छ । कार्यालयको सवै प्रकारणका उपकरण तथा आवश्यक कागजत नष्ठ हुदा कार्यालयले प्रदान गर्ने सवै प्रकार सेवा संचालनमा भने सकेको छैन । त्यस्तो अवस्थामा कतिपय सेवाग्रहीहरु कार्यालय आउने र त्यतिकै फर्कने गरेकाले कार्यालय वाट प्रभा गरिने सवै प्रकार का सेवा चाडै संचालनमा ल्याउन सेवाग्रहीले जोड दिएका छन ।
यस अघि सो कार्यालय वाट दैीनक दुई देखी अढाई सयको शख्यामा सेवाग्राहीहरुले सेवा लिई रहेको भएता पनि अहिले उत्तल शख्या निकै घटेको छ । सवै प्रकारको सेवा सुचारु नहुदा सेवाग्राहीको शख्या घटेको हो ।