कुमोद अधिकारी
२१ भदौ
विराटनगर । नेपाली कांग्रेसका सभापति एंव पुर्व प्रधानमन्त्री शेरवहाादुर देउवाले दलहरुको सहमतिमा संविधान संशोधन हुने वताउनु भएको छ ।
विराटनगर विमानस्थलमा शनिवार संचारकर्मी संग कुरागर्दै संविधान संशोधनका लागि दुई तिहाई चाहिने भएकाले सवै दलको सहमतिमा सविधान संशोधन हुने प्रष्ट पार्नुभयो । कार्यदल वनाएर सवै दललाई साथमा लिएर संविधान संशोधन प्रक्रिया अघि वढाइने उहाको भनाई थियो ।
दलहरु विच जुन जुन विषयमा सहमति हुन्छ त्यहि आधारमा संविधानका वुदाहरु संशोधन हुदै जाने उहाले वताउनुभयो । सभापती देउवाले गठवन्धनको यो सरकार पुरै अवधि सम्म चल्ने वताउनुयभो ।
मुलुकमा राजनितिक स्थाईत्वका लागि वनेको नेपाली कांग्रेस र नेकपा एमाले विचको गठवन्धनको सरकार आगामी ०८४ सालको चुनाव सम्म जाने उहाले प्रष्ट पार्नुभयो । उहाले सरकारमा रहेका मन्त्री हरुले राम्रो काम नगरेको र उनिरुलाई र्फिता वोलाउने भन्ने विषयमा आफुलाई थाहा नभएको समेत प्रष्ट पार्नुभयो
एक प्रश्नमा उहाले सामाजिक सन्जाल सरकारले वन्दगर्न खोजेको नभइई समान्जिक सन्जाललाई प्रक्रिया अनुसार दर्ता गाराउन खोजिएको मात्र हो भन्नुभयो । अदालतको निर्णय अनुसार समाज्कि सन्जाललाई सरकारले दर्ता गराउन मात्र खोजेको हो वन्द गर्न खोजेको होइन उहाले भन्नुभयो ।