कुमोद अधिकारी
४ भदौ
विराटनगर । नेपालकै ठुलो र पुरानो आयोजनाको रुपमा रहेको सुनसरी मोरङ सिचाई आयोजनाका संरचनाहरु जिर्ण वन्न थालेका छन ।
५५ वर्ष अघि निमार्ण भएका नहरका संरचना लामो समयदेखी पुन निमार्ण नहुदा सिचाईका लागि वनाइएको संरचना जिर्ण वन्न थालेका हुन । उक्त संरचना पुर्न निमार्ण गर्दै नजाने हो भने आगामी दिनमा नहरवाट हुने सिचाई पुर्ण रुपमा प्रभावित हुने देखिन्छ ।
मोरङमा २८ हजार तथा सुनसरी जिल्लामा ४० हजारगरि ६८ हजार हेक्टर जग्गामा आयोजनाले किसानको खेतवारीमा सिचाई पु¥याउदै आएको छ ।
५३ किलोमिटर मुल नहर ४ सय किलोमिटर साखा नहर , प्रसाखा नहर तथा कुलो कुलेसो गरि आयोजनाको कुल नहरको लम्वाई १५सय किलोमिटर भन्दा वढि छ । आयोजनामा एकहजार वढि संरचना रहेका छन । त्यसमध्ये धेरै संरचना जिर्ण भई भत्किने अवस्थामा पुगेका छन ।
सन १९७० मा भारत सरकारले निमार्ण गरेको सो आयोजना पाचवर्ष परिक्षणको रुपमा संचालनपछि सन १९७५ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । त्यो वेलाको प्रविििध अनुसार सवै संरचना इटाको प्रयोग गरेर वनाइएको छ । पानी मुनी इटाको आयु ५० वर्ष मात्र हुन्छ ।
आगामी भविष्य सम्म संचालनका लागी आयोजनाको वृह्द निमार्ण र सुधार आवश्यक रहेको सुनसरी मोरङ सिचाइ आयोजना विराटनगरका सिनियर डिभिजन इन्जिनियर तेज रिजालको भनाई छ । आवश्यकता अनुसार संरचना निमार्ण नर्गदै जाने हो भने आउदो हिउद महिनामा पानी संचालनमा निकै कठिनाई आउने उहाको भनाई छ ।
सुनसरीको चतरा स्थित कोशी नदीमा आयोजाको मुल नहरको मुहान जोडिएको छ । मुल नहरको ६० क्युमेक्स पानी संचालन गर्ने क्षमता रहेपनि यो गतवर्षको हिउद महिनामा नहरमा ५ क्युमेक्स मात्र पानी संचालनमा आएको थियो । कोशी नदीको वहाव पश्चिम मोडिएर वग्न थालेपछि इन्टेकमा आवश्यक पानी पुग्न नस्क्दा हिउदमा जसोतसो गरेर पाच क्युमेक्स पानी संचालन गर्न सकिएको इन्जिनियर रिजालको भनाई छ ।

चतरा स्थित कोशी नदीमा पुल निर्माण हुँदा पानीको सतह पुर्वतिर भएको इन्टेकको लेवल भन्दा माथि थियो,’ इन्जिनियर रिजालले भन्नुभयो ‘पुल निमार्णका क्रममा त्याहा वनेको ड्यामले गर्दा पुर्वतर्फ बहेको पानीको बहाव पश्चिम जान थालेको हो ।
६८ हजार हेक्टरमा सहज रुपमाले सिचाई पु¥याउन नहरमा ६० क्युमेक्स पानी आवश्यक पर्छ । हिउदको सिजनमा भने ४० क्युमेक्स पानी आवश्यक हुन्छ तर कोशीको पानीको सतह घटदै जादा इन्टेकको लेवल भाथी पुगेकाले मुल नहरको मुखमा पानी पुग्न नस्क्दा नहरमा आवश्यक पानी पुग्न सकिरहेको छैन ।
कोशी नदीको पानीको वहाव इन्टेकतर्फ फर्काउन आयोजनाले हर संभव प्रयासभने गर्दै आएको छ । सो क्षेत्रमा पाचवटा स्पर तथा विभिन्न अस्थाई संरचना समेत निमार्ण गरेको छ । त्यसोगर्दा पनि आवश्यक पानी म्ुल नहरमा पु¥याउन समस्या भएकाले अव सो ठाउमा व्यारेज वनाउनुको विकल्प नभएको इन्जिनियर रिजालको भनाई छ ।
उपलव्ध वजेट अनुसार आवश्यक र जोखिम पुर्ण स्थानमा आयोजनाले काम भने गरिरहेको छ । जोखिमपुर्ण स्थानका पहचान गरेर विभिन्न शाखामा तथा नहरका संरचनालाई व्यवस्थित वनाउने काम भइरहेको छ । पुराना र जिर्ण भएका कतिपया संरचना वर्षा याममा भत्किने र विग्रने गरेकाले त्यसलाई टाललुल गरेर नहरमा पानी संचालन गरिरहेको आयोजनाले जनाएको छ ।
आयोजनावाट सुनसरी तथा मोरङ जिल्लाका ६ लाख वढि किसान लाभान्वित छन । आयेजनाका कारण किसानले वर्षमा तिन वाली लगाएर उत्तपादन गर्दै आएका छन । यसरी मोरङ र सुनसरीका किसानको भाग्य भविष्य संग जोडिएको आयोजना पुर्न निमार्ण र व्यवस्थित गर्न समयमै ध्यान जानु पर्ने किसानहरुको भनाई छ ।