रेडक्रस द्वारा ३० लाख मुल्यको दुई थान रवर वोट सहित खोजतथा उद्धार सामाग्री हस्तान्तरण

कुमोद अधिकारी

७ साउन ः नेपाल रेडक्रस सोसाइटी मोरङल शाखाले विपदका समयमा नागरिकको उद्धारका लागि दुई थान रवर वोट सहित खोजतथा उद्धार सामाग्री हस्तान्तरण गरेको छ ।
मोरङ कटहरी गाउपालिकाका गोपाल फनपार्कमा आज एक कार्यक्रमको आयोजना गर्दै रेडक्रसले जहदा गाउँपालिक र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर वुढीगंगालाई दुई थान रवर वोट लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विश्वन्धु खडकालाई ३० लाख मूल्य वरावरको दुइवटा वोट सहित १२ प्रकारका उद्धार सामाग्री हस्तान्तरण गर्नु भयो ।

नेपाल रेडक्रस सोसाइटी मोरङका अध्यक्ष सिंहले मोरङको लोहन्द्रा खोला तथा सिगिंया खोला संग जोडिएका केरावारी गाउँपालिका देखि जहदा गाउँपालिकाका सम्मका आठ वटा पालिका लगायत विभिन्न पालिका वाढिको चपेटामा पर्ने भएकाले सो समयमा नागरिकको जिवन रक्षा र उद्धारमा उक्त सामाग्रीको सहि सदुपयोग हुनुपर्ने वताउनुभयो ।
पालिकाहरुमा विपद् जोखिम न्युनिकरण, व्यवस्थापन तथा रोकथाम तथा उद्धार सम्वन्धि विभिन्न प्रकारका तालिम तथा सचेतना मुलक कार्यक्रम संचालनगर्दै आएको छ ।
कार्यक्रममा वोल्नुहुदै जहदा गाउँपालिकाका प्रमुख साहले पालिकाको १,२ र ७ वडामा लोहन्द्रा, सिंघिया र भारतको नदीबाट वाढी आउने हुनाले त्यसका लागि रवरवोट उपयोगी हुने वताउनुभयो ।


मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले विपद् प्रतिकार्य योजना प्रभावकारी वनाउन नया प्रविधि आवश्यक रहेको वताउनुभयो ।
रेडक्रस सोसाइटीका मोरङ साखाका मन्त्री सुगदेव मण्डल , शाखा उपसभापती मन्दिरा गुरागाई तथा रेडक्रस साखाका अधिकृत संजय कामतले विपद जोखिम न्यूनीकरणमा सहयोग पु¥याउन विभिन्न पालिकाहरुलाई रेडक्रसले उद्धार लगायत विभिन्न प्रकारका सामाग्री उपलव्ध गराउदै आएको वताउनुभयो ।
सोही अवसरमा सशत्र प्रहरी तथा पालिकाका कर्मचारीहरुलाई रवर वोट सञ्चालन सम्बन्धी तालीम तथा अभ्यास गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *