कुमोद अधिकारी विराटनगर
फागुन, ९ वुधवार
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गर्नु भएको छ जीव÷जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ नेपाल भारत सीमाको मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट आजवाट मुख्यमन्त्री कार्कीले पदयात्रा शुरु गर्नु भएको हो ।
हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने पदयात्राको उद्देश्य रहेको छ ।
कोशी सरकारले पर्यावरण संरक्षण गर्ने उद्देश्यसहित ’जसको जंगल उसको मंगल’ कार्यक्रम बजेटमार्फत अघि सारेको छ । शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कार्कीले हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा शुरु गरिएको बताउनुभयो ।
जनता र हात्ती दुबैलाई दुःख नहुने गरी समस्या समाधान खोज्न छलफल गरेर योजना र बजेट बनाउन यो अभियान शुरु गरेको उहाको भनाई छ ।
जनताको समस्या प्रति सिंगो प्रदेस सरकार गंभिर छ भन्नुहुदै उहाले हात्ती कारण सबैभन्दा बढी मानिसले ज्यान गुमाएको ठाउँमा आइ दुःखको कुरा सुन्दै अघि बढ्ने र हात्तीको ज्यानको पनि संरक्षण गर्ने उदेश्य रहेको वताउनुभयो ।
सरकारले जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजनामा रहेको उहाको भनाई थियो ।
बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुनेछ । पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता छ । मुख्यमन्त्री कार्कीले जैविक मार्गमै पर्ने सात स्थानमा रात्रिकालीन विश्राम गर्नेछन् ।
भारतको आसामबाट मेचीनदी पार गरी झापा जिल्लाको बाहुनडाँगीका विभिन्न चारवटा गौंडाबाट नेपाल प्रवेश गर्ने गर्दछन् । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर आवतजावत गर्ने क्षेत्रमै मुख्यमन्त्री कार्कीले पदयात्रा तय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यसक्रममा मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदल यात्रा गर्ने रुट तय गरिएको छ ।
यस क्रममा मुख्यमन्त्री कार्कीले चार जिल्लाका विभिन्न ठाउका स्थानीय तहमा पुगी स्थानीय “जनतासँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ । हात्तीको प्राकृतिक बासस्थानको संरक्षण गर्दै मानवीय क्षति न्यूनीकरणका लागि अभियान सार्थक हुने प्रदेशस्थित पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती, कृषिमन्त्री रामकुमार खत्री, भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, हात्ती पीडित परिवारको सहभागी थियो । गाइनेहरुले हात्ती तथा पर्यावरण संरक्षणको सन्देशमुलक गीत गाएर अभियान शुरु गरिएको थियो ।