दशैँको रौनकमा सुनसान रंगेली बजार, जोगबनीमा भिडभाड बढदा नेपाली बजारमा ब्यापार शून्य

स्थानीय भन्छन दशैँको रौनक पहिला जस्तो छैन ।

मोरङ जिल्लाको पुरानो सदरमूकाम रंगेली २०, २२ वर्ष अघि दशैँको रौनक छुट्टै थियो । पुर्वी मोरङको एकमात्र ठुलो यो बजारमा दशैँको किनमेल गर्नेको ठुलो घुइचो लाग्थ्यो । कपडा, किराना तथा हाटबजारमा समेत समान खरिद गर्न टाढाटाढा बाट मानिस रंगेली आउने गर्थे । दशैँ आउनु एक महिना अघि पसले हरुले चाहिने आवश्यक सामान खारिद गरेर मौजाद राख्थे । किसानले जुट बेचेर दशैँका लागी चाहिने आवश्यक सामान खरिद गर्ने चलन थियो । गोरु गाडामा लादेर जुट विक्रिःगर्न आउने र त्यहि गाडीमा दशैँको सामान लाने चलन थियो । दशैँ मनाउनका लागी किसानले खेतावारीको जुट विक्रि गरेर धुमधामले दशैँ मनाउँथे ।
तर अहिले त्यो अवस्था छैन । नेपालीहरुको महानपर्व घटस्थापना देखि दशैँ शुरु हुन्छ । दशैँ शुरु भएको तेश्रो दिन वितिसक्दा पनि रंगेली बजार सुनसान छ । व्यापार व्यवसाय ठप्प जतिकै छ । किनमेल गर्न आउने मानिस न्युन छन । उपभोक्ताहरु नेपाली बजारमा भन्दापनि भारतीय बजारमा गएर दशैँ को सामान किनमेल गर्ने गरेकाले पनि दशैँमा व्यापार हुन नसकेको व्यापारी मंगलचन्द अग्रवालको भनाई छ । कपडाको व्यापार गर्दै आउनु भएका अग्रवालले दशैँको किनमेलका लागी जोगवनी,कुआडी , कुर्साकाटा लगायतका भारतीय वजार जाने क्रम बढेकाले पनि नेपाली वजार सुनसान हुने गरेको वताउनुभयो ।
दशैँ , तिहार लगायतका पर्वमा ग्राहकको भिड बढने आशा सवै व्यपारीमा हुन्छ । बजारमा चहलपहल बढेसंगै व्यापार पनि बढला र व्यापारबाट कमाएको पैसाले वैंक तथा वित्तिय संस्थाहरुको व्याज तिरौला भन्ने चाहना सवैको हुन्छ । पाँचवर्ष देखि रंगेली बजारमा शैलुन संचालन गर्दै आउनु भएका वैजनाथ ठाकुरको आशा पनि त्यस्तै थियो । दशैँ लागेपनि विगतको तुलनामा १० प्रतिशत व्यापार नभएको उहाको भनाई छ । व्यपार छैन के खाने ? व्याज कसरी तिर्ने समस्या छ, उहाले भननुभयो ।
कोरोना कारण वन्द भएका नाका खुलेसंगै पुर्वी मोरङका प्राय उपभोक्ता भारतको कुआडी बजारमा किनमेलका लागी जाने गर्दछन । दुवै देशका प्रहरीले आवश्यक सामान खरिद गरेर ल्याउदा सिमानाकामा खासै समस्या खडा नगर्ने तथा भारतीय बजारमा खादान्न लत्ताकपडा लगायतका समान नेपाली बजार भन्दा सस्तो पर्ने भएकाले पनि नेपाली उपभोक्ता भारतीय बजार जान रुचाउने गरेको व्यापारी विनोद मण्डलको भनाई छ ।
कोरोनाका कारण मानिसहरुको काम गर्न नपाएको र उनिहरु संग पैसा समेत नभएकाले बजारमा मन्दि छाएको मण्डलको भनाई छ । उहाँले भन्नुभयो वंैकले लगानी लाउदैन मानिस संग पैसापनि छैन कसरी बजारमा चहल पहल वढछ ।
विगतका वर्षहरुमा दैनिक २० देखी ३० हजार विक्रि गर्ने पसलहरुले अहिले ५ देखी १० हजार समेत विक्रि हुन गाह्रो हुने गरेको म्याजिक जुत्ता चप्पलका थोक विक्रेता राजेस मिश्राको भनाई छ । रंगेलीमा मात्र होइन विराटनगर लगायतका सवै ठुला ठुला वजारको अवस्था पनी उस्तै रहेको मिश्राले वताउनुभयो । व्यवसाय संचालनका लागी आफुहरुले ठुलो लगानी गरेको बताउर्दै नेपाली बजारमा पाइने सामान गुणस्तर र स्वस्थ्य हुने उहाँको दावी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *