साफ च्याम्पियनसिपः भारत र नेपालको खेल आज, हराउनै पर्ने दबाबमा नेपाल

दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा आज नेपाल र भारत आमनेसामने हुँदैछन्।

भारतको बैंग्लुरूस्थित कान्तिराव स्टेडियममा बेलुका पौने ८ बजे नेपाल र भारतको खेल हुनेछ। भारत साफको साबिक विजेता हो भने नेपाल साविक उपविजेता।

नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। पहिलो खेलमा पराजित भएको नेपालले आफ्नो सेमिफाइनल यात्रा सुनिश्चित भारतलाई हराउनैपर्नेछ।

साफको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३/१ गोलले पराजित भएको थियो। आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४/० गोलले पराजित गर्दै भारत समूहको शीर्षस्थानमा छ।

दक्षिण एसियामा दबदबा कायम गरेको भारतलाई हराउन नेपाललाई त्यति सहज भने हुनेछैन। नेपाल र भारत हालसम्म २३ पटक आमनेसामने हुँदा १६ खेल भारतले जितेको छ। नेपालले दुई खेल जित्दा पाँच खेल बराबरीमा सकिएको छ।

सन् २०२१ मा माल्दिभ्समा भएको पछिल्लो साफमा भारतले उपाधि जितेको थियो। त्यतिबेला नेपाल फाइनलमा पराजित हुँदा पहिलो उपाधि जित्नबाट बन्चित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *