राष्ट्रिय परिचयपत्र बनाउन मोरङमा घरदैलाे विवरण संकलन

विराटनगर

राष्ट्रिय परिचयपत्र वनाउन घरदैलाेमा गएर विवरण संकलन थालेपछि सर्वसाधारण उत्साहित भएका छन । नेपाल सरकारको राष्ट्रिय अभियान अन्र्तगत जिल्ला प्रसासन कार्यालय मोरङ बाट खटिएको टोलीले प्रत्यक वडा मा पुगेर सर्वसाधारणको विवरण संकलन गर्न थालेको हो । प्रशासन सम्बन्धि कामका लागी विराटनगर र उर्लावारी धाउनुपर्ने अवस्थामा यसरी घरदैलोमै सेवा पाउदा खुशी लागेको कानेपोखरी गाउपालिका– ६ की अनु श्रेष्ठको भनाई छ ।
राष्ट्रिय परिचयपत्र वनाउनका लागी मोरङ जिल्लामा अहिलेसम्म २ लाख २२ हजार विवरण संकलन भएको छ । गत असोज–४ गतेवाट मोरङमा यो अभियान शूरु भएको हो । वडा स्तरमा अभियान संचालन हुदा सर्वसाधारणको पहुँच पुगेको अर्का स्थानिय होमप्रसाद न्यौपानेको भनाई छ ।
मोरङ जिल्लाको १७ वटा पालिकामध्ये आठ वटा पालिकामा अभियान सम्पन्न भइसकेको छ । त्यस्तै उर्लावारी नगरपालिका , केरावारी गाउँपालिका मा अभियान संचालनमा छ भने कानेपोखरी गाउँपालिकामा अभियानको शुभारम्भ भइसकेको छ ।
अभियानका फोकल परसन एंव मोरङ साहयक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेलले घरदैलोमा आएको यो अभियानलाई सफल वनाउन सवैलाई आग्रह गर्नुभयाे । परिचयपत्र बनाउनका लागी नेपाली नागरिकता आवश्यक पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *