कुमोद अधिकारी
१४ साउन,
विराटनगर । सामाजिक एंव धार्मिक सदभाव कायम गर्ने विषयमा मोरङ जिल्लाका सवै राजनितिक दल जाती समुदायका अगुवा सहमत भएका छन ।
जिल्ला प्रसासन कार्यालय मोरङले विराटनगरमा आज आयोजना गरेको सर्वदलिय एंव सर्वपंक्षिय छलफलमा समाजिक एंव जातिय सदभाव कायमगर्न सवै जाती समुदायका अगुवा, राजनितिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, धर्मगुरु तथा नागरिक समाजका प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका हुन ।
सुनसरीको देवानगन्जमा भएको घटनालाई लिएर यस जिल्लामा पनि सामाजिक सदभावमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै मोरङ प्रसासनले सर्वपक्षिय एंव सर्वदलिय छलफल आयोजना गरेको हो ।
छलपलल कार्यक्रमका सहभागिहरुले यस्तो अवस्थामा सवै जाति समुदाय विच आपसी सदभाव एंव भाइचारा कायम हुनुपर्नेमा जोड दिनु भएको थियो । उहाहरुले सामाजिक एंव धार्मिक सदभावका लागि सवैपंक्षले आ–आफनो क्षेत्रवाट महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जाड दिनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतमा भएको छलफल कार्यक्रमले सामाजिक सदभाव कायमगर्न पाच वुदे निर्णय समेत गरेको छ । सो क्रममा भोली शुक्रवार विराटनगरमा समाजिक एंव सद्भाव ¥याली आयोजना गर्ने निर्णय गरेको छ ।
वैठकले सो घटनमा परि मृत्यु भएका हरुप्रति श्रद्धाज्जली व्यक्तगर्दै घटनामा घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभवको कामना गर्दै उनिहरुको सहज उपचारका लागि अस्पताल प्रससन संग समन्वय गर्ने निर्णय गरेको छ । विभिन्न जाति समुदायको अगुवाईमा विराटनगरको महेन्द्र चौकवटा भोली दिउसो सदभाव ¥याली आयोजना गर्न लागिएको हो ।
वैठकले जिल्ला स्थित राजनितिक दल, नागरिक समाज, धार्मिक तथा समाजिक संघसंस्था, सचारकर्मी, व्यापािरक संघसंस्था,युवा लगायत आम नागरिकले धार्मिक, जातिय एंव साम्प्रदायिक भावनामा ठेस पुग्ने तथा हिंसा भडकाउने खालका अभिव्यक्ति नदिने साथै त्यस्ता कुनै प्रकारका गतिविधि सामाजिक सन्जालमा पोष्ट एंव सेयर नगर्ने निणर्य गरेको छ ।
विभिन्न जाति समुदायको अगुवाईमा विराटनगरमा भोली दिउसो सदभाव ¥याली आयोजना गर्न लागिएको हो । छलफल कार्यक्रममा उधोगी व्यापारी, सर्वसाधारण लगायत मोरङ जिल्लाका सुरक्षा निकायका प्रमुख हरुको सहभागिता रहेको थियो ।