कप्तानगन्ज घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।

गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिनुभयाे ।

उहाँका अनुसार समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ ।

सुनसरी घटनाबारे आजै केन्द्रीय सुरक्षा समितिकाे बैठक बोलाइएको छ ।

सुनसरीको सो घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखसँग मन्त्रालयमा छलफल आयोजना गर्नुभएकाे थियाे । सोही छलफलपछि ५ सदस्यीय समिति गठन भएको हो ।

छलफलमा गृहमन्त्री गुरुङसहित नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल लगायत सहभागीता थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *