कुमोद अधिकारी
२ साउन
विराटनगर । धनकुटा जिल्लाको चौविसे गाउपालिका–६ राजारानीमा स्थित रानी ताल अहिले चर्चित पर्यटकिय गन्तव्यको रुपमा स्थापित भएको छ । धानखेतको सानो पोखरीवाट वनेकोे रानी ताल अहिले कोशी प्रदेसकै प्रमुख पर्यटकिय स्थलाको रुपमा विकास भएसंगै केही वर्षअघिसम्म सामान्य ग्रामीण भू–भागका रूपमा रहेको सो ठाउँ अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
हरियालीले ढाकिएको १०३ रोपनीमा फैलिएको विशाल ताल, चिसो मौसम, बोटिङ, साइक्लिङ, फूलबारी र मनोरञ्जनका संरचनाले त्याहा पुग्ने जो–कोहीलाई लोभ्याउने गरेको छ ।
ः धनकुटाको भेडेटारवाट १९ किलोमिटर उत्तरपुर्वमा अवस्थित राजारानीमा रहेको एतिहासिक महत्व वोकेको सो ताल नाम्जे, तथा डाडावजार भएर पुग्न सकिन्छ । भुतपुर्व सैनिक सहकारीवाट भ्रमणका लागि पहिलो पटक रानी ताल घुम्न आउनु भएका सुनसरी तरहराका गंगा विसिङ १२ महिना चिसो हुने सो ठाउमा अवस्थित रानी तालले सवैको मन लोभ्याउने गरेको वताउदै ताल परिसरमा सौचालय तथा खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै ताल घुमन आउनु भएकि सुधारीकुमारी माझीले तालसम्म पुग्दा कतिपय वाटा हरु सागुरो र खाल्डा खुल्डी हुदा यात्रामा असहज भएको वताउदै त्यस्ता वाटाहरुमा कालोपत्रे गर्नुपर्नेमा जोड दिनुभयो ।
पहिले ‘मावरक’ (देवीको पोखरी) नामले चिनिने क्षेत्र अहिले आकर्षक रानी तालमा रूपान्तरण भएको हो । तालले ढाकेको प्राय सवै जग्गा निजि भएकाले त्यस्ता निजि जग्गामा सरकारले लगानीगर्न नमिल्ने भएपछि स्थानियले ‘रानी ताल संरक्षण समिति’ गठन गरेर ताल व्यवस्थापनको काम अघि बढाएका थिए ।
ताल व्यवस्थापनमा स्थानिय तथा प्रदेस सरकारवाट आवश्यक सहयोग नभएको ताल संचालनको जिम्मा पाउनु भएका सुकराज चेमजोङको भनाई छ । सुक्रवार र शनिवार चारसय देखि पाचसय सम्म आन्तरिक तथा वाह्रय पर्यटक आउने सो ताललाई प्रदेस र स्थानिय सरकारले सहयोग गर्ने हो भनै ठुलो शख्यमा पर्यटक भित्राउन सकिने उहाको भनाई छ ।

पछिल्ला तीन वर्षयता पूर्ण रूपमा ताल व्यवस्थापन र सौन्दर्यीकरणमै केन्द्रित भएसंगै अहिले ताल क्षेत्रमा बोटिङ, साइक्लिङ, ठूलो पिङ, आकर्षक फूलबारी र फोटो खिच्न मिल्ने संरचना निर्माण गरिएका छन्। जसका कारण त्याहा पूग्ने पर्यटकको संख्या लगातार बढिरहेको छ ।
चैविसे गाउपालिकाका रानी ताल संगै राजा ताल एैतिहासिक कुर्ले गडी, वोदे गडी, धप्पड ताल, १७ औ शताव्दीमा स्थापना भएको महादेवको मन्दिर, त्रिवेणी घाट, चारसय वर्ष पुरानो चेमजोङहरुको वंस घर लगायत दर्जनौ पयंटकिय स्थल छन ।
त्यस्ता पर्यटकिय स्थलको प्रचार प्रसार तथा पर्यटकिय गन्तव्य सम्म पुग्नका लागि पर्यटन पुर्वाधार निमार्णलाई जोड दिएको सो पालिकाका अध्यक्ष राजकुमार लिम्वुको भनाई छ । रवि–राके सडक निमार्णको क्रममा रहेको र उक्त सडक वनेपछि भेडेटारमा आउने प्राय सवै पर्यटक यसक्षेत्रको पर्यटकिय स्थल घुम्न आउने पालिका अध्यक्ष लिम्वुको भनाई छ ।

रानी ताल अहिले पूर्वी नेपालका विभिन्न जिल्लाबाट घुम्न आउनेहरूको रोजाइ बन्न थालेको छ। सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, पाँचथर र धनकुटा लगायत जिल्ला संगै भारतको दार्जिलिङ, सिक्किम र बिहारबाटसमेत गर्मी छल्न पर्यटक त्याहा पुग्ने गरेका छन ।